इस्मा गाउँपालिकामा वडा कार्यालय र स्वास्थ्य इकाई ‍कार्यालय भवन उद्घाटनसँगै सेवा शुभारम्भ 



सुमन महतारा


गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा वडा कार्यालय र स्वास्थ्य इकाई कार्यालय भवन उद्घाटनसँगै सेवा शुभारम्भ भएको छ । गाउँपालिकाकाे वडा नम्बर २ काे वडा कार्यालय र स्वास्थ्य इकाई कार्यालय शुक्रबार इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले उद्घाटन गरेसँगै सेवा शुभारम्भ भएको हो । वडा कार्यालय भवन र स्वास्थ्य इकाई कार्यालय भवन गाउँपालिकम अध्यक्ष खड्काले ताम्रपत्रअनावरण गरेर उद्घाटन गरेका हुन् । अब वडा कार्यलय र आधारभूत स्वास्थ्य इकाईका।कार्यालय संचालनका लागि भाडा तिर्न नपर्ने र जसले गर्दा  गाउँपालिकालाई आर्थिक भार नपर्ने गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताइन् । करिब १ करोड ४० लाखकाे लगानीमा वडा कार्यलय र ९० लाखको लगानीमा स्वास्थ्य इकाईका कार्यालय भवन निर्माण भएको गाउँपालिका प्रवक्ता समेत रहेकी उपाध्यक्ष कुँवरले जानकारी दिइन् । गाउँपालिकाबाट उपलब्ध हुने सेवालाई  सहज रुपमा नागरिक मैत्री बनाउन हर समय हर प्रयत्न गरिरहेकाे गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए । गाउँपालिकाकाे बजेटले साेंचे अनुसार काम गर्न पर्याप्त नहुने संघ र प्रदेशबाट सहयोग नहुँदा भनेअनुसार काम हुन नसकेको उनले बताएका छन् । गाउँपालिकाबाट भइरहेका सबै काम जनतामुखी र नागरिक मैत्री भइरहेको र सबै काममा आफै खटिएर गुणस्तरीय र पारदर्शी काम गरिरहेकाे गाउँपालिका अध्यक्ष खड्काले बताएका छन् ।कार्यक्रममा  नागरिकको स्वास्थ्य परिक्षण गरी स्वास्थ्य इकाई कार्यालय भवन र  एक महिलालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेर वडा कार्यालय भवनको उद्घाटन गरिएको थियो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्यर वडा सदस्य, कर्मचारीर पत्रकार र स्थानीयकाे सहभागिता रहेको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया