गुल्मी । गुल्मीको मालिका गाउँपालिका ८ स्थित थानपति निम्न माद्यामिक विद्यालयले वृक्षारोपण गरेको छ । विद्यालयको खाली ७ रोपनी जग्गामा डिभिजन बन कार्यालय गुल्मी बाट उपलब्ध भएका पाँच सय ६० वटा जडिबुटीका बिरुवा रोपिएको विद्यालयका सूचना अधिकारी राजु पौडेलले जानकारी दिए ।
मालिका गाउँपालिकाका कार्यपालिकाका सदस्य कमल सुनार बाट वृक्षरोपण कार्यक्रमको सुरुवात गरिएको हो । वृक्षरोपण कार्यक्रममा बोल्दै कार्यपालिका सदस्य कमल सुनारले थानपती निम्न माद्यामिक विद्यालयले विभिन्न रचनात्मक काम गरेको भन्दै विद्यालयको चर्चा गरे । आजको वृक्षरोपणले भविष्यमा विद्यालयलाई फल दिने उनको तर्क थियो ।
त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले पर्यावरणीय सन्तुलन र विद्यालयको दीर्घकालीन आम्दानीको लागि वृक्षरोपण गरिएको बताए । अध्यक्ष खड्काले शैक्षिक गुणस्तर सँगै अन्य रचनात्मक काम पनि गर्नुपर्छ भावनाले वृक्षारोपण गरेकाे बताए । उनलेे सहयोग गर्ने डिभिजन बन कार्यालय गुल्मीलाई धन्यवाद दिए ।
पछिल्लो सयय यस विद्यालयले शैक्षिक गुणस्तर संगै विद्यालयको बृहतर विकासको लागि गाउँ ठाउँको धर्म सक्कृतिलाई प्रभाव नपर्नगरी राज्यले दिएका १२ वटा विदामा विद्यालय सञ्चालन गर्ने, बिहान ९:४५ मै कक्षा सञ्चालन गर्ने, विद्यालयमा धेरै पटक आउने अभिभावकलाई सम्मान गर्ने, विभिन्न दाता बाट जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने कार्य गर्दै आएको छ ।