गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले मालिकाकाे पहिरोमा परेर मृत्यु भएकाप्रति शाेक प्रस्ताव पारित गरेको छ । नगरपालिकाले आफ्नो पन्ध्रौं नगरसभामा मालिकाकाे पहिराेमा परि मृत्यु भएकाप्रति शाेक प्रस्ताव पारित गरेको हो । गए राति पानीसँगै आएको पहिराले मालिका गाउँपालिका वडा नम्बर ६ अर्जै कँडेलपाटाका भेषबहादुर बिककाे घर पहिरोले पुर्दा उनका श्रीमती, बुहारी र दुई नातिनी सहित पाँच जनाको मृत्यु भएको थियो । पीडित परिवारलाई नगरपालिकाले राहतका लागि पहल गर्ने र नगरपालिकाले सहयोग गर्ने रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले बताए । नगरप्रमुख निरन्तर पानी परेको छ । सावधानी अपानाइ राहत र उद्दारमा जुट्न सबै जनप्रतिनिधिलाई मेयर पन्थीले आग्रह गरेका छन् ।
तपाईंको प्रतिक्रिया
-
महतारा नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य