गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले बजारका सहायक सडकहरू धमाधम ढलान गरिरहेको छ । अधिकांश तम्घासका भित्री सडहरु पिच नभएका र हुन नसकेकोमा यतिबेला रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले साेही सडकहरु धमाधम पिच गर्न थालेका हुन् । नगरपालिका वडा नम्बर ८ काे प्रहरी कार्यालय अगाडि सधैं जसाे हिलाम्य हुने बाटो ३४ लाख रुपैयाँ बजेट नगरपालिकाबाट बिनियाेजित गरि ढलानकाे अन्तिम चरणमा पुगेको नगरपालिका मेयर खिलध्वज पन्थीले बताए । उनले विकासले गति लिँदै छ एकैपटक सबै ठाउँमा हुँदैन तर सबै नागरिकले महसुस हुने गरि काम गर्ने बताएका छन् । सदरमुकामकाे अलि पछाडि रहेको पराल्मी र रातामाटा जाने बाटोकाे सडक स्तर उन्नति आजभाेलिमै सुरु हुने जानकारी दिएका छन् । साेहि बाटो बहुबर्षिय याेजनामा रहेको छ । जसका लागि ४ कराेड रकम बिनियाेजन भएको छ ।
तपाईंको प्रतिक्रिया
-
महतारा नेपाल पत्रकार महासंघ गुल्मीका उपाध्यक्ष हुन् । उनी माउन्टेन टेलिभिजन र मध्यान्ह राष्ट्रिय दैनिकका संवाददाता पनि हुन् ।लेखक द्वारा अन्य