गुल्मीमा टिप्परले जीपलाई ठक्कर दिँदा दुई जना घाइते



Live Gulmi


गुल्मी । गुल्मीमा टिप्परले जीपलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । तम्घास-छल्दी सडकखण्डकाे रैंदीमा टिप्परले जीपलाई ठक्कर दिएको थियो ।                                                                        जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलका अनुसार, इस्माबाट तम्घास आउँदै गरेको ग २ च ९८६ नम्बरको जीपलाई तम्घासबाट जाँदै गरेको लु १ क ४८७६ नम्बरको टिप्परले ठक्कर दिएको थियो । उक्त ठक्करबाट जीप चालकसहित दुई जना घाइते भएका छन् । दुर्घटनाबाट जीपमा क्षति पुगेको  ।

 

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया