जन्मदिनको अवसरमा बिरामीलाई सहयाेग र क्लबलाई फुटबल उपहार



Live Gulmi


गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ६ का सन्देश पराजुलीले जन्मदिनको अवसरमा बिरामीलाई सहयोग र क्लबलाई फुटबल उपहार प्रदान गरेका छन् । मालिका गाउँपालिका वडा नं ६ अर्जै घर भई हाल अन्तर्राष्ट्रिय मैत्री बाल अस्पताल महाराजगन्जको भेन्ट्रिलेटरमा उपचारत बालक दिवस अधिकारीको लागि थाेरै भए पनि उपचार पुग्ने हेतुले जन्मदिन भड्कीलाे गरि मनाउन भन्दा बिरामीकाे सेवा गर्नु उत्तम हुने भन्दै उनले नगद एक हजार पाँच सय सहयोग गरेका छन् ।

उनकाे उपचारमा रकम अभावका कारण केही समय अगाडि सहयोगकाे याचना गरिएको थियाे । यस्तै उनले जन्मदिनमा गुल्मीको मालिका गाउँपालिका ६ अर्जैमा रहेकाे नवयुग युवा क्लबलाई समेत फुटबल उपहार स्वरुप साैजन्य गरेका छन् । खेल खेल्ने रहर हुँदाहुँदै पनि आर्थिक रुपमा विपन्न भएकाहरु लाई खेल क्षेत्रसँग जाेड्ने उदेश्यले फुटबल सहयाेग गरेकाे बताएका छन् । उनले त्यस ठाउँमा पटक पटक फुटबल प्रतियोगिता समेत आयाेजना गर्दै आएका छन् ।

Jeewan and Rajan Tailors

जन्मदिन सबैकाे प्रिय हुन्छ र विशेष अवसरले जीवनमा महत्त्व अर्थ पनि राख्छ । याे अवसर भनेकाे हामी जन्मदिनकाे बर्षदिन पूरा भएर नयाँ बसन्तकाे थालनीकाे प्रतीक हाे । यस्तो महत्त्वपूर्ण दिनमा मानिसहरु आ-आफ्नो तरिकाले जन्मदिन मनाउँछन काेहीँ चाहिँ ठुल्ठुला हाेटल त काेहीँ रेस्टुरेन्टमा पुगेर जन्मदिनको अवसरमा खर्चिलो र भड्किलो तरिकाले मनाउछन त काेहीँ चाहिँ आफ्नो जन्मदिनमा अरुलाई सहयोग गरेर त्याे दिनलाई अझ खास बनाउँछन र समाजमा उदाहरण प्रस्तुत गर्छन् । त्यसै मानिसहरु मध्ये एक पर्छन गुल्मीकाे मालिका गाउँपालिका वडा नं ६ अर्जै घर भएका सन्देश पराजुली उनले आफ्नो जन्मदिनमा आफुले सक्ने सहयोग गरेर खुसी साट्ने काम गरेका छन् ।

The Star Family Restaurant

जन्मदिनमा हुने भड्किला र खर्चिला तडकभड्कहरु लाई निरुत्साहित पार्नै भन्दै उनले आफुसक्दाे सहयोग गरेकाे बताएका छन् । उनी हाल हाेटल पाैवा रेसुङ्गा शाखामा कार्यरत रहेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया