लुम्बिनी फ्रेन्ड सर्कलद्वारा छत्रकोट गाउँपालिका दौघाका अग्नीपीडितलाइ आर्थिक सहयोग



Live Gulmi


गुल्मी । लुम्बिनी फ्रेन्ड सर्कलद्वारा गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ६ दौघाका अग्नीपीडितलाइ आर्थिक सहयोग गरिएको छ। केहि दिन अगाडि आगो लागि सोही स्थानका तीन घरमा क्षती भएको थियो । दु:खद समयमा सबै एकजुट हुनु पर्छ भन्ने उदेश्यका साथ लुम्बिनी फ्रेन्ड सर्कल रुपन्देहीले अग्नि पीडित लाई तीस हजार आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष पदम न्यौपानेले जानकारी दिए ।

आगलागी पीडित परिवारलाई क्लबका अध्यक्ष न्यौपानेको नेतृत्वमा र अन्य सदस्यहतरुको उपस्थित मा सोही वडाका वडाध्यक्ष नारायण रेस्मी लाइ सहयोग हस्तान्तरण गरिएको थियो । हस्तान्तरण पछि वडाध्यक्ष रेस्मिले आफ्नै गाउँ ठाउँमा यस्तो विपत्तिको बेला क्लबले गरेको सहयोग प्रती धन्यवाद दिए ।
पछिल्लो समयम सामाजिक कार्यहरुमा व्यस्त सस्थाले गरेको रचनात्मक र मानवीय कार्यहरु प्रती आफू आभारी रहेको बताए ।
कार्यक्रमको सहजीकरण सस्थाका सचीव अर्जुन खनालले गरेका थिए ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया