तानसेनको डुम्रे–गुफाचौर सडक स्तरोन्नती हुने, ४५ करोड विश्व बैंकसँग सम्झौता



Live Gulmi


पाल्पा । पाल्पाको तानसेन डुम्रेदेखी गुफाचौर हुँदै होलाङ्दी सडकको स्तरोन्नती हुने भएको छ । तानसेन नगरपालिकाले विश्व बैंकसँग एक सम्झौता गरेसँगै सडक फराकिलो तथा कालोपत्रे हुने भएको हो ।                                                                              तानसेन नगरपालिकाको गौरब योजनाको रूपमा रहेको डुम्रे खोला–सुनडाँडा–तेल्घा–गुफाचौर–गाउँडाँडा–सल्लाघारी–होलाङ्दी जोड्ने मोटरबाटो स्तरोन्नतिको सम्झौता गरिएको हो ।

विश्व बैंकको आर्थिक सहयोगमा सञ्चालन हुने सडक स्तरउन्नतीका लागि तानसेन नगरपालिका र वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालि बीच सम्झौता गरिएको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिङ्जाली, प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला सहित वडाध्यक्ष र कर्मचारीहरुको उपस्थितिमा आयोजनाको सम्झौता भएको हो ।

Jeewan and Rajan Tailors

आयोजनाको कुल सम्झौता रकम ४५ करोड ७६ लाख ८३ हजार ८४ रूपैयाँ ७७ पैसा रहेको छ । तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले यो बाटो तानसेन नगरपालिकाको गौरब योजनाको रहेको भन्दै सडकको योजना धेरै प्रयास पछि नगरपालिका ल्याउन सफल भएको बताए । सडक निर्माण भएपछि तानसेन वडा न १० र ११ का नागरिकहरू लाभान्वित हुने नगर प्रमुख श्रेष्ठले बताए । बाटो स्तरउन्नति भएपछि पछिल्लो समयमा आन्तरिक पर्यटनको रोजाई बनी रहेको पर्यटकिय स्थल गुफा चौरको पर्यटन प्रवर्द्वनमा महोत्वपुर्ण भूमिका खेल्ने अपेक्षा रहेको बताए ।

The Star Family Restaurant

तानसेन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाका अनुसार आयोजनाको सम्झौता बमोजिमको वेदान्सी इन्फ्राइन्सट्रक्चर प्रालिलाई १३ महिना भित्र काम सक्ने गरि सम्झौता गरिएको बताए । यस आयोजनाबाट करिब ६ दशमलव ८ किलोमिटर सडकको स्तरउन्नती हुने बताए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया