गुल्मीमा मलामी बाेकेकाे जीप दुर्घटना हुँदा एक जनाको मृत्यु



सन्तोष महतारा


गुल्मी । गुल्मीमा मलामी बाेकेकाे जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाकाे सत्यवती गाउँपालिका वडा नम्बर ४ शाहाघाट लिम्घाकाे भित्री सडकमा रुद्रवेणीबाट मलामी लिएर लिम्घा फर्कने क्रममा जीप दुर्घटना हुँदा ७५ वर्षीय मनबहादुर फुङ्जेलीकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए ।                                                                           उनका अनुसार, लु १ च ४३२० नम्बरको पिकअप गाडीको ब्रेक फेल भई सडक देखि ४० मिटर तल खसेकाे थियो । दुर्घटनामा १३ जना घाइते भएका थिए । गएराती दुर्घटना भएकोमा फुङ्जेलीकाे उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेहरुकाे अवस्था सामान्य रहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया