गुल्मी । जन्मदिनको अवसरमा आगलागी पीडितलाई आर्थिक सहयोग गरिएको छ । हाेटल पाैवा रेसुङ्गा शाखाका व्यवस्थापक प्रदिप घिमिरेले आफ्नो जन्मदिनको अवसरमा इस्माका आगलागी पीडितलाई आर्थिक सहयोग गरेका हुन् । जन्मदिनमा हुने फजूल खर्च कटाएर आगलागी पीडितलाई छ हजार पाँच सय पाँच रुपैयाँ सहयोग गरेको प्रदिप घिमिरेले बताए । गुल्मीको इस्मा गाउँपालिकामा गएको शनिबार आगलागीबाट २६ घर र ४९ गाेठ जलेर पूर्ण रुपमा नष्ट भएका थिए । क्षतिग्रस्त क्षेत्रमा हाल राहतको काम भइरहेको छ । विभिन्न संघसंस्थाले सहयोग गरिरहेका छन् । यसै क्रममा १५ बैशाखमा परेको आफ्नो जन्मदिनको अवसरमा फजुल खर्च कटाएर आर्थिक सहयोग गरेको हाेटल पाैवा रेसुङ्गा शाखाका व्यवस्थापक प्रदिप घिमिरेले बताए । ‘पीडितलाई केही राहत हाेस् भन्ने हेतुले थाेरै भएपनि सहयोग गरेको हुँ’, घिमिरेले भने, “जन्मदिनमा सधैं केही न केही सामाजिक क्षेत्रमा सहयोग गर्ने गर्दछु ।”
तपाईंको प्रतिक्रिया
-
Live Gulmi का संचालक तथा सम्पादक हरेका सन्तोष महतारा नेपाल पत्रकार महासंघ गुल्मीका सचिव हुन् । उनी राष्ट्रिय समाचार समिति (रासस) र कारोबार राष्ट्रिय दैनिकको संवाददाता हुन् ।लेखक द्वारा अन्य