गुल्मीमा जंगलमा लागेको आगो बस्तीमा पुग्दा घरगोठमा क्षति



Live Gulmi


गुल्मी । गुल्मीका विभिन्न जंगलमा लागेको आगलागी गाउँमा पस्दा घरगाेठ जलेर क्षति भएका छन् । इस्मा गाउँपालिका र गुल्मीदरबार गाउँपालिकाका सामुदायिक वनमा लागेको आगाे गाउँ पसेपछि क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पाेखरेलका अनुसार इस्मा गाउँपालिका सिदुङ्खा रानी सामुदायिक बनमा लागेको आगो बस्तिमा पुग्दा केही घरगाेठ जलेर जलेर नष्ट, ट्याक्टर जलेर नष्ट र दुई जना घाइते भएका छन् । इस्मा गाउँपालिकाकाे वडा नम्बर १ र २ का सामुदायिक वनमा लागेको आगाे बस्तीमा पुगेको थियो । उजुङमा लागेको आगाेबाट अन्दाजी १९ वर्षीय ट्याक्टर चालक हिमाल राना र जेसिबी चालक २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरूकाे हात, खुट्टा र अनुहारमा जलेको अवस्था छ । उनीहरुकाे गुल्मी अस्पतालमा उपचार भइरहेको छ ।

Jeewan and Rajan Tailors

त्यस्तै इस्मा गाउँपालिका ४ बर्लेघाट सामुदायिक वनमा र वडा नम्बर ४ चौया मखन्ने सामुदायिक वनमा लागेको आगो बस्तीमा आउँदा पशुचाैपाय मरेका छन् । घरगाेठ जलेर क्षति भएको छ ।साथै गुल्मीदरबार गाउँपालिका वडा नम्बर ३ उरिङ्डाडास्थित सितल सामुदायिक बनमा भएको आगलागी बस्तीमा आउँदा क्षति भएको छ ।

The Star Family Restaurant

आगलागी नियन्त्रणकाे लागि जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल गुल्मी र रामवाण गुल्म गुल्मीकाे टाेली खटिएको छ । आगलागी नियन्त्रणमा आएको छैन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया