दुर्गममा सहज बन्दै स्वास्थ्य प्रयाेगशाला : ग्वाघा स्वास्थ्य चौकीमा सेवा प्रारम्भ



Live Gulmi


गुल्मी ।  गुल्मी जिल्लाकाे उत्तरपुर्वी गाउँपालिका चन्द्रकाेट गाउँपालिकाकाे ग्वाघा  स्वास्थ्य चाैकिमा आजवाट ओैपचारिक रुपमा प्रयाेगशाला ( ल्याव) सेवा प्रारम्भ भएकाे छ । पालिकाकाे विकट मानिने वडा नं. ५ मा अवस्थित ग्वाघा स्वास्थ्य चाैकिमा ल्याव सेवा काे प्रारम्भ भए पश्चात चन्द्रकाेट गाउँपालिकामा ल्याव सेवा संचालन भएका वडाहरुकाे संख्या ५ पुगेकाे छ । पालिकाकाे शान्तिपुर स्वास्थ्य चाैकी, तुराङ्ग स्वास्थ्य चाैकि मजुवा, विशुखर्क स्वास्थ्य चाैकिमा संचालन भएकाे ल्याव सेवा गत आर्थिक वर्ष मा वडा नं. १ काे दिव्रुङ्ग स्वास्थ्य चाैकि मा स्थापना गरिएकाे थियाे । चालू आ व २०८०/८१ काे वजेट कार्यक्रम अन्तर्गत वडा नं. ५ काे वडागत वजेट सिलिङ्ग वाट रु ५ लाख वजेट विनियाेजन गरि स्थापना गरिएकाे स्वास्थ्य प्रयाेगशाला ल्यावमा गाउँपालिकाले ल्याव असिस्टेन्टकाे करार नियुक्ति गरि सेवा संचालनमा ल्याएकाे हाे ।

ग्वाघा स्वास्थ्य चाैकीकाे प्राङ्गणमा सोमबार  आयाेजित एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्रीले ल्याव सेवाकाे उदघाटन गर्नुभएकाे छ । स्वास्थ्य चाैकि व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष पृथ वहादुर कार्किकाे अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुप्रसाद भण्डारी , निमित्त प्रमुख  प्रशासकिय अधिकारी प्रकाशचन्द्र शर्मा, वडा नं. ७ का वडाध्यक्ष अनन्तराम भण्डारी, लगायतका अतिथिहरुकाे सहभागिता रहेकाे थियाे । वडा भित्रका मात्र नभएर कालिगण्डकि र सत्यवतिका नागरिकहरुले समेत सेवा लिन सक्ने ग्वाघा स्वास्थ्य चाैकिमा ल्याव सेवाकाे स्थापनाले सम्पुर्ण ग्वाघावासिमा खुशी छाएकाे कुरा निवर्तमान वडाध्यक्ष टेक वहादुर पुन लगायतका समाजसेवि  बताउनुभयो ।

Jeewan and Rajan Tailors

नागरिकहरुकाे सहज गुणस्तरिय स्वास्थ्यमा पहुँचकाे सुनिश्चितता गर्न गाउँपालिका सधै लागिपरेकाे र छिट्टै पुर्ण खाेप सुनिश्चित गाउँपालिका घाेषणाकाे तयारीमा रहेकाे र पालिका लाई शून्य हाेम डेलिभरी घाेषणा गर्न तयारी भइरहेको  समेत अध्यक्ष युवराज केसीले बताउनुभयो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया