जन्मदिनको फजुल खर्च कटाएर मृगौला पीडितलाई नगद सहयोग



Live Gulmi


भुवन भुसाल, गुल्मी । पछिल्लो समय जन्मदिन लगायतका बिशेष दिनमा फजुल खर्च गर्ने चलन बढिरहेका बेला गुल्मी छत्रकोटको एक परिवारले भने उदाहरणीय काम गरेको छ । छत्रकोट ३ श्रृङाकी सिता न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा हुने फजुल खर्च नगरेर छत्रकोट ४ दिगामका एक मृगौला पिडितलाई नगद सहयोग गरि जन्मदिन मनाउनुभएको छ ।

छत्रकोट ४ का २१ वर्षिय सुनिल बहादुर सोमरे लामो समय देखी दुबै मृगौला फेल भएर उपचार गराई रहनुभएको छ । शारिरिक अशक्तताले त गालिरहेको छ नै त्यो भन्दा बढि आर्थिक दुरावस्थाले वहाँ र वहाँको परिवारलाई नै पिरोलिरहेको छ । वहाँको यो अवस्थाको बारेमा राम्रो संग बुझेको न्यौपाने परिवारले जन्मदिनमा हुने फजुल खर्च नगरेर मृगौला पिडित सोेमरे लाई आज नगद १० हजार आर्थिक सहयोग गर्नुभएको हो ।

Jeewan and Rajan Tailors

छत्रकोट ४ का संस्थापक वडा अध्यक्ष समेत रहनुभएका डिलाराम न्यौपानेकी धर्मपत्नी सिता न्यौपाने दम्पत्ती आज शनिवार जन्मदिन पारेर सोमरे परिवारको घर दिगाम अमराई सोमरेटोल पुगेर रकम हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै न्यौपाने दम्पत्तीले मृगौला पिडित सोमरेको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । रकम ग्रहण गर्दै मृगौला पिडतका बुवा हरि बहादुर सोमरेले जन्मदिन पर्ने सिता न्यौपानेलाई शुभकामना दिदै समाजका हरेक व्यक्ति यस्तै मनकारी भए उपचार अभावमा कसैले अकालमा ज्यान गुमाउनु नपर्ने बताउनु भयो ।

The Star Family Restaurant

“जन्मदिन भन्यो केक काट्यो, अनुहारमा दल्यो अलिअली खायो, पैशाको नास त हुने भैहाल्यो समाज पनि उत्ताउलो बन्छ, खास दिन पारेर आवस्यक भएकालाई सहयोग गर्न सके जन्मदिन सम्झन लायक त बन्ने नै भयो, जन्मनुको पनी सार्थकता हुन्छ भन्ने सोचेर यसो गरेका हौं” सिता न्यौपानेले भन्नुभयो । न्यौपाने परिवार यस क्षेत्रको उदाहरणीय सामाजिक काममा कृयाशिल परिवार हो । कोभिडकालमा आफ्नै घरलाई सामुदायीक क्वारेन्टाईन बनाउने देखी, स्वास्थ्य संस्थामा मेडिकल सामाग्री बितरण लगायतका सामाजिक कामले वहाँहरु सधै सामाजिक कर्ममा अग्रणी स्थानमा हुनुभएको वहाँलाई नजिक बाट चिन्नेहरु बताउँछन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया