गुल्मीदरबार गाउँपालिका पुर्ण खाेप सुनिश्चित घोषणा



Live Gulmi


गुल्मी । गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोज कुमार थापाको अध्यक्षता एबम गुल्मी जिल्ला खोप समन्वय समिति अध्यक्ष एबम् जिल्ला समन्वय समितिका प्रमुख द्राेण बहादुर खत्रीको प्रमुख आतिथ्यतामा पुर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ । कार्यक्रममा पुर्ण खोप प्रमाणीकरण भएका ७ वटै वडालाइ वडाध्यक्ष, स्वास्थ्य चौकी प्रमुख, खोप कार्यकर्ता र महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाहरुलाइ गाउँपालिका अध्यक्षद्वारा सम्युक्त रुपमा प्रमाणपत्र प्रदान गरी सहभागी सम्पुर्ण सहभागिहरुलाइ टीका,खादा एबम मालाद्वारा सम्मान गरिएको थियो ।

सबै वडा प्रमाणिकरण भएसङ्गै बिशेश समारोहकै बिचमा जिल्ला खोप समन्यव समितिको सचिबालयद्वारा गुल्मीदरबार गाउँपालिकालाइ पुर्ण खोप सुनिश्चित गाउँपालिकाको प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा गुल्मीदरबार गाउपालिकाका स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालद्वारा पुर्ण खोप सुनिश्चित गर्नको लागि गरिएका कृयाकलापहरु समेटेर तयार पारिएको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

Jeewan and Rajan Tailors

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा ढेगा, प्रमुख प्रशासकीय अधिकृत राजिब पन्थी, राष्ट्रीय जनमोर्चाका अध्यक्ष थमन बहादुर बस्नेत, गुल्मीदरबार गाउपालिकाका प्रबक्ता शालिक टन्डन, सामाजिक बिकास समितिका संयाेजक मुकेश थापा, स्वास्थ्य कार्यालय गुल्मिका भेक्टर कन्ट्रोल निरिक्षक श्रीकृष्ण भट्टराई, बलिथुम स्वास्थ्य चौकीका प्रमुख दिलबहादुर थापा र महिला स्वास्थ्य स्वयमसेबिका लिला थापा लगायतले खोपको महत्व उल्लेख गर्दै पुर्ण खोप सुनिस्चित वडा तथा पालिका बनाउनको लागि योगदान पुर्याउने सबै प्रती धन्यबाद ज्ञापन गर्नुभएको थियो । गुल्मीदरबार गाउपालिका उपाध्यक्ष तारा थापा ढेगाको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको सन्चालन स्वास्थ्य अधिकृत नारायण प्रसाद अर्यालले गर्नुभएको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया