गुल्मीमा व्यावसायिक रुपमै स्ट्रबेरी खेती सुरु



सन्तोष महतारा


गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा एक जना कृषकले व्यवसायीक रुपमै स्ट्रोबेरी खेती सुरु गरेका छन् । जिल्लामा अन्य खेती धेरै कृषकले गरेपनि स्ट्रोबेरी खेती गर्ने कृषक कमै छन् । तर, जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–६ को सिमाघाटमा प्रेम नेपालीले व्यवसायीरुपमा स्ट्रोबेरी खेती गर्दै आएका छन् । अघिल्लो वर्ष परिक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यसवर्षबाट व्यवसायीक रुपमै खेती गर्दै आएका हुन् ।

नेपालीले स्ट्रोबेरी खेतसँगै आर.एन.पी नबोदय बहुउदेश्यीय कृषि फर्म दर्ता गरेर विभिन्न तरकारी खेती गर्दै आएका छन् । स्ट्रोबेरी फलफूलको रुपमा प्रयोग गरिन्छ । गुल्मी जिल्लामा यसको खेती कमै कृषकले गर्दै आएका छन् । नेपालीले यसवर्ष १ रोपनी क्षेत्रफलमा स्ट्रोबेरी खेती गर्दै आएका छन् । नेपालीले उत्पादन गरेको स्ट्रोबेरी तम्घास बजारमा बिक्री हुँदै आएको छ । फागुन महिनाबाट पाक्न सुरु गर्ने स्ट्रोबेरी बैशाख अन्तिमसम्म पाक्ने गर्दछ । नेपालीको फर्मबाट अहिले ५ किलो स्ट्रोबेरी दैनिक उत्पादन हुँदै आएको छ ।    स्ट्रोबेरीको बजार मूल्य हाल ४ सयदेखि ५ सयसम्म बिक्री हुँने गर्दछ ।

Jeewan and Rajan Tailors

बजार राम्रो हुँदै गए यो खेतीलाई बिस्तार गर्ने सोचमा रहेको उनको भनाइ छ । नेपालीले ०७३ सालबाट १८ रोपनी खेत भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले अहिले १२० रोपनी क्षेत्रफलमा विभिन्न जातका तरकारी खेती गर्दै आएका छन् । परिवारका ४ जना सदस्य मिलेर तरकारी खेती सुरु गरेका नेपालीले अहिले कक्षा १२ सम्म अध्ययन गरेका छोरालाई पनि कृषि पेसालाई अगाडी बढाएका छन् ।

The Star Family Restaurant

शुन्य लगानीबाट सुरु गरेका नेपालीको फम अहिले २० लाख भन्दा बढी लगानी भएको छ । नेपालीको फममा हाल २६ वटा टनेल रहेका छन् । नेपालीको फमका हाल स्ट्रबेरी, लौका, फर्सि, टमाटर, फूलगोपी, बन्दा गोपी, तिते करेला, लौका, काक्रा, साग, खुर्सानी, आलु, मकै, केराउ, बोडी, सिमी, घिरौला, फूल लगायत मौसमी तथा बेमौसी खेती उत्पादन हुँदै आएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया