गुल्मीदरबारमा निःशुल्क स्वास्थ्य शिविर, तीन सय बढी लाभान्वित



सन्तोष महतारा


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा एकदिने बृहत् निःशुल्क स्वास्थ्य परीक्षण संचालन गरिएको छ । गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजको आयोजना, गुल्मीदरबार गाउँपालिकाको समन्वय र साझा हस्पिटल प्रालिको प्राविधिक सहयोगमा चारपाला दरबारमा निःशुल्क स्वास्थ्य परीक्षण संचालन गरिएको हो । बिशेषज्ञ डाक्टरहरुको उपस्थितीमा गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजले गाउँमै स्वास्थ्य शिविर संचालन गरेको हो । डा.प्रदीप कुमार श्रीवास्तव, डा.लक्ष्मण शर्मा, डा.जिवन थापा, डा.संगीता पाण्डे, डा.प्रवेश्वर घिमिरे, डा.कृष्ण खनाल, डा.नियम मुसलमान र डा.विकास अर्यालको उपस्थितीमा बिरामीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

निःशुल्क शिविरमा महिलारोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशारोग बिशेषज्ञ सेवा, फेमिली फिजिसियन सेवा र सुगर परीक्षण निदान गरिएका रोगको निःशुल्क औषधी वितरण र सबै रोगको उपचारपछि औषधि वितरण गरिएको गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजका अध्यक्ष उषा खत्रीले जानकारी दिइन् । २०७५ मा स्थापना भएपछि सामाजिक सेवाको क्षेत्रमा लगातार काम गरिरहेको संस्थाले यसपटक गाउँमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको हो । शिविरबाट तीन सय बढीले सेवा लिएका छन् । शिविरमा महिलारोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र सुगर परीक्षण निदान गरिएका रोग सम्बन्धीको निःशुल्क उपचार गराएका छन् । उनीहरुले निःशुल्क औषधि समेत प्राप्त गरेका छन् ।

Jeewan and Rajan Tailors

उपचारपछि खुसी ब्यक्त गर्दै बिष्णुराज गिरीले ग्रामीण भेगमा सामान्य स्वास्थ्य समस्याको पनि उपचार हुन नसकेको सन्दर्भमा बिशेषज्ञ डाक्टरबाट उपचार हुनु खुसीको कुरा भएको बताए । ‘आर्थिक समस्या हुँदा रोग लुकाउनुपर्ने बाध्यता गाउँमा छ’ गिरीले भने, “निःशुल्क रुपमा बिशेषज्ञ डाक्टरबाट सेवा पाउनु भाग्यको कुरा हो ।” त्यस्तै अर्का बिरामी सितादेवी सुनारले गाउँमै सेवा पाउँदा तम्घास बुटवल जानुपर्ने खर्च जोगिएको बताइन् । ‘आफ्नै घर छेउमा यसरी सेवा पाउँदा असाध्यै राम्रो लाग्यो’ उनले भनिन्, “थप ल्याबसहितको सेवा लिएमा आभारी हुन्थ्यौं ।” साथै अर्का बिरामी धनकला बस्नेतले चरापाला दरबार देविस्थानमै यसरी सेवा पाउनुले जन्मगाउँ प्रति संस्था उत्तरदायी भएको अनुभुती आफूले गरेको बताइन् । ‘दुईपटक अप्रेसन गरेपछि अस्पत्तालमा फ्लोअप गरेकी थिइन्’ उनले भनिन्, “गाउँमै डाक्टर आएपछि फ्लोअप गरेर ढुक्क भएँ ।” उनीहरुसँगे उपचार पाएका तीन सय बढी लाभान्वित बिरामीले गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजलाई धन्यवाद ब्यक्त गरेका छन् ।

The Star Family Restaurant

निःशुल्क बृहत स्वास्थ्य परीक्षण शिविरमा चारपाला स्थायी घर भई हाल गुल्मी तम्घासमा बस्ने कर्णबहादुर रायमाझीले ५० हजार आर्थिक सयोग गरेका छन् । चारपालाका लेखराज ज्ञवाली हाल युकेले ११ हजार, खिमप्रसाद अर्याल हाल रुपन्देहीले १० हजार र स्वर्गाीय प्रेमबहादुर खत्रीको स्मृतिमा छोरा बिरबहादुर खत्रीले ११ हजार लगायत अन्यले पनि आर्थिक सहयोग गरेका छन् । औपचारिक कार्यक्रममा सहयोगीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो । शिविरको उद्धाटन गर्दै प्रमुख अतिथि गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले गुल्मी चालपाला रुपन्देही सम्पर्क समाजले गर्दै आएका सामाजिक कामको खुलेर प्रशंसा गरे । उनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा समाजले गरेको कामलाई निरन्तरता दिन आग्रह गर्दै निःशुल्क स्वास्थ्य शिविरले ग्रामीण भेगका थुप्रै नागरिक लाभान्वित भएकोमा खुसी ब्यक्त गरे ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया