गुल्मीमा पौडी खेल्ने क्रममा १२ वर्षीय बालक बेपत्ता



Live Gulmi


गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका-२ घोरा उपल्लाखर्कका १२ वर्षीय प्रीन्स सारु खोलामा डुबेर बेपत्ता भएका छन् । शनिबार अबेर बडिगाड खोलाको सोतामा पौडी खेल्ने क्रममा सारु डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए ।

बेपत्ता भए लगत्तै मजुवा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको कमाण्डमा प्रहरी टोली र स्थानियहरुले खोजतलास गरेपनि फेला नपरेकाले आज पुन खोलतलासको लागि सशस्त्र प्रहरीसहितको टोली घटनास्थल गएको चौधरीले बताए । टाेपलाल अर्याल, नयाँ पत्रिका

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया