रक्तदाता पाण्डेद्वारा जन्मदिनमा कैदीबन्दीको रक्त समूह पहिचान



Live Gulmi


सूर्य सुनार, गुल्मी । स्वयंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष धुर्ब पाण्डेले जन्मदिनको अवसरमा कैदीबन्दीको रक्त समूह पहिचान गरेका छन् । जिल्ला कारागार गुल्मीमा रहेका कैदीबन्दीको शनिबार स्वयंसेवी रक्तदाता पाण्डेको जन्मदिनको अवसरमा रक्त समूह पहिचान गरिएको हो । रक्त समूह पहिचान कार्यक्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले रक्तदान बिपद् व्यवस्थापनसँग सम्बन्धीत रहेकोले पाण्डेको कामको प्रशंसा गरे । शर्माले जन्मदिनमा गरिने यस्ता कर्मले सबैलाई प्रोत्साहन गर्ने भएकोले यस्ता काम गर्न आवश्यक रहेको पनि बताए ।

रक्त समूह पहिचान कार्यक्रममा जिल्ला कारागार गुल्मी एक सय दुई जना कैदीबन्दीको रक्त समूह पहिचान गरिएको हो । स्वयंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष धुर्ब पाण्डेले जन्मदिनमा फजुल खर्चको सट्टा केही नयाँ र उदाहरणीय काम गर्ने उदेश्यले कैदीबन्दीको रक्त समूह पहिचान कार्यक्रम आयोजना गरेको बताए । रक्तदाताको रुपमा बिगत लामो समयदेखी काम गरिरहेका पाण्डे स्वयंसेवी रक्तदाता समाज गुल्मीका अध्यक्ष साथै केन्द्रीय सदस्य समेत छन् । उनले जिल्ला प्रहरी कार्यालय गुल्मी, सशस्त्र प्रहरी बल गुल्मी, रामबाण गुल्म गुल्मी र नेपाल पत्रकार महासंघ गुल्मीसँग सहकार्य गरी ब्लड बैंककै रुपमा काम गरिरहेका छन् ।

Jeewan and Rajan Tailors

कैदीबन्दीको रक्त समूह पहिचान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेल, राष्ट्रिय अनुसन्धान कार्यालय गुल्मीका प्रमुख अनुसन्धान अधिकृत विनयकुमार चतुर्वेदी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डे, जिल्लास्थित क्रियाशील पत्रकार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया