अपाङ्गताको साहारा बन्दै मुसिकोट : स्याहारसुसार गर्नेलाई मासिक एक हजार



Live Gulmi


सूर्य सुनार, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले अपाङ्गता भएका नगरवासीको स्याहार सुसार गर्ने निकट संरक्षकलाई मासिक एक हजार उपलब्ध गराउने भएको छ ।
मुसिकोट नगरपालिकाको कार्यपालिकाको बैठकले पारित गरेको कार्यविधी अनुसार आफ्नो स्याहार आफै गर्न नसक्ने नागरिकको संरक्षकलाई सहयोग गर्ने भएको हो । खानपीन, शौचालय र व्यक्तिगत सरसफाई समेत गर्न नसक्नेहरुको लागि नगरपालिकाले कार्यविधी बनाइ अपाङ्गताको क्षेत्रमा काम गरेको नगरपालिकाले जनाएको छ ।

अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् । तर तिनीहरु मध्येबाट पनि अति अशक्त प्रकारको अपाङ्गलाई नगरपालिकाले नयाँ कार्यविधी बनाएर उनीहरुको साथमा स्थानीय सरकार छ भन्ने प्रत्याभूति दिलाउनको लागि यस्तो खालको निर्णय गरिएको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले बताउनुभयो ।
उनीहरुको पनि सम्मानपूर्वक बाच्न पाउने अधिकार हुने हुँदा उनीहरुको सम्मानको लागि यस्तो निर्णय गरिएको नगरप्रमुख खरेलले बताउनुभयो ।

Jeewan and Rajan Tailors

मुसिकोट नगरपालिका भित्र (क) वर्गका ९५ (ख) वर्गका १८७ (ग) वर्गका ९३ र (घ) वर्गका ६९ रहेको मुसिकोट नगरपालिकाका सुचना अधिकारी समुन्द्र रायमाझीले जानकारी दिनुभयो ।
नगरपालिकाभित्र रहेका (क) वर्गका ९५ जना मध्येबाट छनोट गरी अति अशक्तलाई मासिक एक हजार उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया