रुपन्देही । लुम्बिनी फ्रेन्डस सर्कल रुपन्देही द्वारा रक्तादान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम मा ३० जनाले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा खाणले रक्तदान महादान भएकोले रक्तदान गर्नको लागि प्रोत्साहित गर्नु पर्ने बताउनु भयो । लुम्बिनी फ्रेन्डस सर्कलका अध्यक्ष पदम न्यौपानेले मानिसको जिबन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले क्लबले रक्तदान को कार्यक्रम गरेको जानकारी दिनुभयो।
कार्यक्रममा सामाजिक अभियान्ता अर्जुन भुसालले रक्तदानको मानवजिवनमा ठूलो महत्त्व रहेको बताउनु भयो । कार्यक्रम मा वडाध्यक्ष फर्सुराम गिरि लगायत सामाजिक व्यक्तिहरुको उपस्थित रहेको थियो। सागर पुरीको संयोजकमा कार्यक्रम भएको थियो भने संचालन अर्जुन खनालले गरेका रहेको थियो ।