युवा संघ छत्रकोट गाउँ कमिटी अध्यक्षमा किरण न्यौपाने निर्वाचित



Live Gulmi


जनक पन्थ, गुल्मी । नेकपा एमाले निकट जनवर्गिय संगठन राष्ट्रिय युवा संघ नेपाल छत्रकोट गाउँ कमिटी अध्यक्षमा किरण न्यौपाने निर्वाचित भएका छन् । आइतबार सम्पन्न दोस्रो अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन भएका हुन् ।

जसको उपाध्यक्षमा कमल घर्ती, सचिव धिरेन्द्र श्रेष्ठ, सह–सचिवहरु केशव सुबेदी, कमला भण्डारी पन्थ, कोषाध्यक्षमा सन्तोष भण्डारी निर्वाचित भएका छन् । 

Jeewan and Rajan Tailors

अधिवेशनको उद्घाटन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसीले  गरेका थिए । अधिवेशनमा नेकपा एमालेका प्रदेश र जिल्ला स्तारका नेताहरूको पनि सहभागीता रहेको थियो ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया