गुल्मीको इस्माका युवा साँस्कृतिक सम्पदा जगेर्ना गर्न सक्रिय



Live Gulmi


गुल्मी । गुल्मीको इस्माका युवा साँस्कृतिक सम्पदा जगेर्ना गर्न सक्रिय भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको द ग्यालेक्सी युवा क्लबका युवाहरू साँस्कृतिक सम्पदा जगेर्ना गर्न सक्रिय भएका हुन् । समाज का लागि युवा भन्ने मूल नाराका साथ वर्षमा ३६४ दिन आफ्नो लागि र कम्तिमा १ दिन समाजका लागि समय दिनुपर्छ भन्ने उद्देश्यले युवाहरु सक्रिय भएका छन् । यो अभियान अन्तर्गत दाेबाटा-डाँडा चौपारी तथा बाटो निर्माणको काम समेत युवाहरुले सुरू गरेको छन् ।

साँस्कृतिक सम्पदाकाे जगेर्ना गर्नुपर्ने बेला आएकोले आफूहरु सक्रिय रहेको द ग्यालेक्सी युवा क्लब इस्माका उपाध्यक्ष मिना खत्री मुखियाले बताइन् । आफुहरुको कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत उपाध्यक्ष मुखियाले व्यक्त गरिन् । बाँकी रहेको निर्माण कार्य आगामी २०८० फागुन २४ गते गरिने द ग्यालेक्सी युवा क्लब इस्माका सचिव अनिल बिकले जानकारी दिएका छन् । यस अभियानबाट चाैपारी निर्माण र सडक मर्मत समेत गरिएकाे युवा अभियान्ता महेन्द्र बिष्टले बताए । यस अभियानमा स्थानीय युवा रमेश बिष्ट, मिना खत्री मुखिया, अनिल बिक, मनिषा बिक, नारायण जिसी, रिदिमा बिष्ट, संगिता बिष्ट, गणेश बिष्ट, सन्देश बिष्ट, राजु नेपाली, जमुना नेपाली, अर्जुन बिक, अर्जुन महतारा, सर्मिला महतारा र सुनिल नेपाली द ग्यालेक्सी युवा युवा क्लब कार्यसमिति मार्फत नै सक्रिय रहेका छन् ।

Jeewan and Rajan Tailors

त्यस्तै क्लबका पूर्वअध्यक्ष गुन्जमान बिष्ट, बिकास बिष्ट, डेमबहादुर बिष्ट र अर्जुन थापा पनि यस अभियानमा सक्रिय छन् । साथै क्लबका पूर्वकाेषाध्यक्ष ज्ञानबहादुर बिष्ट र हरिशचन्द्र चालिसे पनि क्लबको यो अभियानमा सक्रिय रहेका छन् । लाल कुवारी टाेल बिकास संस्थाका अध्यक्ष हरि बिष्ट क्षेत्री, आजिवन सदस्य गृष्म अविरल र देविस्थान टाेल बिकास संस्थाका उपाध्यक्ष टाेपबहादुर नेपाल पनि अभियानमा जाेडिएका छन् । क्लबका पूर्वसचिव झविन्द्र बिष्ट, पूर्व सदस्यहरु  केशव खत्री, मिनबहादुर खड्का र शिवम नेपाली पनि समाजका लागि युवा अभियानमा क्रियाशील छन् ।

The Star Family Restaurant

साथै सिदु टाेल बिकास संस्थाका संयाेजक दुर्गाबहादुर बिष्ट, गाेपाल घर्ती, मनाेज बिष्ट, डम्मरबहादुर बिष्ट, हरि नेपाली, बिष्णु बिष्ट, लेखबहादुर बस्नेत, बिष्णु खत्री, ज्ञानबहादुर बिष्ट, आशिष बिष्ट र पुतला बिष्ट पनि यस अभियानमा सक्रिय छन् । पछिल्लो समय ग्रामीण भेगमा पनि हराउँदै गएको श्रमदानलाई पनि द ग्यालेक्सी युवा क्लब इस्मा गाउँपालिकाले जीवितै राखेको छ । क्लबले सामाजिक काममा गरेको यो कदमकाे सबैले प्रशंसा गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया