प्युठान । प्युठानको गौमुखी गाउँपालिकाका १९ जना विद्यार्थीहरुलाई उत्कृष्टता पुरस्कार वितरण गरिएको छ । गौमुखी गाउँपालिका वडा न. ४ पुजाका विभिन्न विद्यालयहरुका विद्यार्थीहरुलाई सम्मान स्वरुप पुरस्कार प्रदान गरिएको हो । सोमबार पुजा स्थित महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा सो समारोह सम्पन्न गरिएको छ ।
तामाखानी युवा क्लबका अध्यक्ष कविराज सुनारको सभाध्यक्षता तथा गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको छ । समारोहमा गौमुखी गाउँपालिकाका कार्यपालिका सदस्य बोम बहादुर सुनार र कमला केसी, युनिसेनका सर्वोच्च पार्षद अग्निधर चन्द बोहोरा, प्युठान उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष ज्ञामुराम न्यौपाने, उद्योग वाणिज्य संघका अध्यक्ष जनक केसी, विभिन्न विद्यालयका प्रतिनिधि लगायत गौमुखी विकास क्षेत्रका ७ गाउँका संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थितिमा समारोह सम्पन्न भएको हो ।
तामाखानी युवा क्लबले संयोजन गरेको प्रोफेसर प:ल डेभिस् उत्कृष्टता पुरस्कार तर्फ महेन्द्र माध्यमिक विद्यालयबाट कृष्ण केसी, अनिसा टमटा, बेगम गिरी ,जनजीवन आधारभुत विद्यालयबाट राजन सुनार, संगिता सुनार, जनप्रिय प्राथमिक विद्यालयबाट निर्मल भण्डारी, सुजता बिक र ने.रा. प्राथमिक विद्यालयबाट विजय सुनार, सुस्मिता सुनार गरि जम्मा ९ जना विद्यार्थीहरुले जनही रु ५,०००/- का दरले पुरस्कार राशी, सम्मानपत्र, टीका, खादा, माला सहित पुरस्कार प्रदान गरिएको हो ।
यस्तै पुजा सामुदायिक विकास तथा कल्याण समाजले संयोजन गरेको प्रोफेसर साइमन ब्रुक्स उत्कृष्टता पुरस्कार तर्फ श्री बालजीवन सुधार आधारभुत विद्यालयबाट विरेन्द्र बोहोरा, नारायणी गिरी, श्री जनज्योति आधारभुत विद्यालयबाट केशरा जैशी, मोहन केसी, श्री बालज्योती प्राथमिक विद्यालयबाट सरिता सुनार, विपिन सुनार , श्री शिशुकल्याण प्राथमिक विद्यालयबाट एन्जिला पुन रेजिना सुनार, श्री शिशुकल्याण प्राथमिक विद्यालयबाट सिमरन रोका, प्रेम गिरी गरि १० जना विद्यार्थीहरुले जनही रु ५,०००/- का दरले पुरस्कार राशी, सम्मानपत्र, टीका, खादा, माला सहित पुरस्कार प्रदान गरिएको हो ।
डा. गौतम न्यौपाने गौमुखी विकास क्षेत्र प्रतिष्ठानद्वारा संयोजित बेलायति प्रोफेसरहरुले प्रायोजित गरेको सो कार्यक्रमको संचालन द सनराईज युथ क्लबका अध्यक्ष विवश विष्टले गर्नुभएको थियो । यस अघि पनि प्रतिष्ठानद्वारा अग्लुङ्ग लगायतका विभिन्न क्षेत्रमा छात्रवृत्तिका कार्यक्रम, वृक्षरोपण कार्यक्रम लगायत स्थानिय स्तरमा अशक्त, असाहायहरुका लागि लाभ हुने विभिन्न कार्यक्रम गर्दै आएको छ ।