वार्षिकोत्सवकाे अवसरमा झाेला र शैक्षिक सामाग्री वितरण



Live Gulmi


अर्घाखाँची । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि स्मार्ट युवा क्लबले आफ्नाे वार्षिकाेत्सवकाे अवसरमा शिक्षाबाट कोही पनि बन्चित हुन नपरोस भन्ने उदेश्यका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं २ अर्घाखाँचीका ७ वटा विद्यालयलाई लक्षित गरि विधार्थीहरूलाई झोला तथा शैक्षिक शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा स्मार्ट युवा क्लबका अध्यक्ष प्रदिप गाैतमकाे अध्यक्षता , मालारानी गाँउपालिका उपाध्यक्ष दिपा पाेख्रेलकाे प्रमुख आतिथ्यता , मालारानी गाँउपालिका वडा नं २ का वडा अध्यक्ष याेगेन्द्र नाथ भुसालको विशिष्ट आतिथ्यता , जनसेवा प्रा. वि का शिक्षक लक्ष्मण भुसाल , देउराली प्रा. वि का प्रध्यानध्यापक तुलासा कुवँर , सरस्वती माता मा. वि का शिक्षक दुर्गा के सी,वीरेन्द्र मा. वि का प्रध्यानाध्यापक ईश्वरी प्रसाद खनाल, वीरेन्द्र शिक्षा क्याम्पस प्रमुख कमल पछाई वडा सदस्य ताेमलाल बञ्जाडे , मिना कुवँर स्थानीय बुद्धिजीवी ,समाजसेवी काे आतिथ्यता रहेको थियाे । कार्यक्रममा क्लब उपाध्यक्ष सन्धा नेपाली , काेषाध्यक्ष विनाेद कुवँर क्षेत्री , सह काेषाध्यक्ष राजु नेपाली ,सह सचिव गाेमा नेपाली कार्यसमिति सदस्य कृष्ण भुसाल , सुनिता नेपाली , सिर्जना भुसाल ,सीता भाट क्षेत्री , क्लब सल्लाहकार खगिश्वर बञ्जाडे , साथै स्थानीय बुद्वजिवि , समाजसेवी , वडाका अग्रज व्यक्तिव लगायतको उपस्थिति रहेकाे थियाे

Jeewan and Rajan Tailors

कार्यक्रममा बाेल्दै मालारानी गाँउपालिका उपाध्यक्ष दिपा पाेख्रेलले गाँउपालिका बाट हुने साथ र सहयोग सदैव रहने साथै पछिल्लो समय स्मार्ट युवा क्लब सक्रियता काे हिसाबले पालिकाकै उष्कृठ रहेकाे बताइन । वडामा रहेका क्लब हरूले यस्तै किसिमका विधार्थी लक्षित कार्यक्रम गरे विधालय र विधार्थी लाई शिक्षा प्रतिकाे जागरूकता बढ्दै जाने साथै पढाइबाट विधार्थी काेहि वञ्चित नहाेस भन्ने उदेश्यले प्राेत्शाहन स्वरूव झाेला वितरण कार्यक्रम सञ्चालन गरेको अध्यक्ष प्रदिप गाैतमले बताए ।

The Star Family Restaurant

अर्घाखाँची जिल्ला मालारानि गाँउपालिका वडा नम्बर २ मा ३ वर्ष अगाडि स्थापना भएको स्मार्ट युवा क्लब स्थापना काल देखि नै थुप्रै रचनात्मक ,सिर्जनात्मक,सांस्कृतिक, खेलकुद , मनाेरञ्जनात्मक कार्यक्रम गर्दै आइरहेको छ ।कार्यक्रमा नयाँ सदस्य हरूलाई प्रमाण पत्र र मायाको चिनाेले समेत प्रदान गरिएको थियाे।सल्लाहकार खगिश्वर बञ्जाडे काे स्वागत मन्तव्य क्लब अध्यक्ष प्रदिप गाैतमकाे अध्यक्षता ,बरिष्ठ उपाध्यक्ष मिलन के. सि काे संयोजकत्वमा सम्पन्न भएको कार्यक्रम काे सञ्चालन क्लब सचिव सन्ताेष सुनारले गरेका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया