सिद्धबाबाद्धारा गुल्मीका तीन जना पत्रकारलाई सम्मान



Live Gulmi


गुल्मी । गुल्मी जिल्लाको सिद्वबाबा माध्यमिक विद्यालयले गुल्मीका तीन जना क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ । विद्यालयको ३८ औं वार्षिकोत्सबको अवसरका अवसरमा पत्रकारहरु अनिल खत्री, मनु सुनार र हुमाकान्त पोखरेललाई सम्मान गरिएको हो । विद्यालयको शैक्षिक गतिविधिलाई पत्रकारको क्षेत्रबाट महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित हुने पत्रकार खत्री नेपाल टेलिभिजन गुल्मी जिल्लाबाट सम्बाददाताको रुपमा कार्यरत हुनुहुन्छ । त्यस्तै पत्रकार सुनार रेडियो रेसुङ्गामा समाचार प्रमुख हुनुहुन्छ । पत्रकार पोखरेल स्थानीय रेडियो समृद्धिका स्टेशन म्यानेजर रहनु भएको छ ।

संस्कार सहितको गुणस्तरीय शिक्षा सिद्वबाबाको ईच्छा भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडी बढिरहेको विद्यालयले सोमबार ३८ औं वार्षिकोत्सब मनाएको हो । वार्षिकोत्सवको अवसरमा विद्यालयको मुखपत्र आवाज पुस्तकको विमोचन, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो । सो अवसरमा विद्यालयका लागि रु.५० हजार भन्दा बढी सहयोग गर्ने मानार्थ सदस्य १२ जना, नयाँ अध्यक्ष कोष स्थापना गर्ने, ८ जना तथा अक्षयकोषमा रकम थप गर्ने ६ जनालाई सम्मान गरिएको थियो ।
विद्यालयमा रहेका ५० जना महानुभावहरुद्वारा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त छात्रवृति प्रदान, चार जना जेष्ठ सदस्य सम्मान लगायतका कार्यक्रम गरिएको थियो । रेसुङ्गा नगरपालिका–८, तत्कालीन तम्घास गाउँपञ्चायत खानीगाउँ टुनिखोलामा रहेको सानो बचत घरबाट २०४३ सालमा औपचारिक रुपमा यस विद्यालयको सुरुवात भएको थियो ।
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ८ मा अवस्थित सिद्धबाबा माध्यमिक विद्यालय २०४३ सालमा स्थापना भएको हो ।

Jeewan and Rajan Tailors

विद्यालय २०४९ सालमा निम्न माध्यमिक विद्यालय भएको थियो । २०५५ सालेदखि एसएलसी हाल एसईई परीक्षामा सहभागी हुन थालेको हो । २०६१ सालमा तत्कालिन उच्च माबि ११ र १२ सम्म अध्यापन हुँदै आएको छ ।
विद्यालयमा हाल १६ सय विद्यार्थी अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताउनुभयो । औपचारीक रुपमा केहि विद्यार्थी र २ जना शिक्षकबाट सुरु गरिएको हो । विद्यालयमा साधारण नर्सरी–१२ प्राविधिक ९–१२ र ११ र १२ तर्फ होटल म्यानेजमेन्ट, विज्ञान, व्यवस्थापान, कानुन, शिक्षाका विषयहरु पठनपाठन भइरहेका छन् । ०७१ सालमा विज्ञान विषय, ०७६ सालमा कानुन विषय, कक्षा ९ देखि १२ सम्म कम्प्युटर इञ्जिनियरिङ यसै वर्षबाट व्यवस्थापन विषयमा होटल म्यानेजमेन्ट थप भएको छ ।

The Star Family Restaurant

विद्यालयमा धेरै शिक्षक विद्यालयको आन्तरिक श्रोतबाट पारिश्रमीक दिने व्यवस्था रहेको छ । विद्यालयमा विद्यार्थी केन्द्रीत अध्यापनलाई महत्व दिएर लाइब्रेरी,प्रोजेक्टर, संग्रालय, पिल्ड ट्रिपको माध्यमबाट, आइसिटी बेसमा रहेर अध्यापम गराइरहेको छ । प्राविधिक तथा व्यवसायिक धारतर्फ कक्षा ९ देखि कम्प्युटर इञ्जिनियरिङको अध्यायन कार्य कक्षा १२ सम्मको अध्यापन शुरु गरिएको छ । विद्यालयमा २ वटा स्कुल बस, आफनै चमेनागृह, सुविधा सम्पन्न कम्प्युटर ल्याब, विज्ञान ल्याब, नेपाली, अंग्रेजी, सामाजिक विषयका ल्याब कक्षहरु सञ्चालित छन् । विद्यालयमा प्राथाकिम उपचार कक्ष रहेको छ । उक्त कक्षमा स्वास्थ्य कर्मी पनि रहेका छन् । विद्यायलमा सेनेटरी प्याडको व्यवस्था छ । विद्यालयले राष्ट्रि तथा अन्र्तराष्ट्रिय अवार्ड प्राप्त गरेको । ब्रिटिस काउन्सिलबाट प्रदान गरिने अन्तर्राष्ट्रिय स्कुल अवार्ड अन्तर्गत २०२०–२३ को अवार्ड यस विद्यालयले हासिल गर्न सफल भएको छ । हाल विद्यालयमा ६ रोपनी ११ आना १ पैसा ४ दाम जग्गा छ । उक्त जग्गामा ६ वटा भवनहरु छन् । जसमा ५७ वटा कोठा छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया