पेंगा निम्न माध्यामिक विद्यालयको ६२ औँ वार्षिकोत्सव



Live Gulmi


सूर्य सुनार, गुल्मी । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ३ अवस्थित पेंगा निम्न माध्यामिक विद्यालयले विभिन्न कार्यक्रम गरेर ६२ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न विधामा कार्यक्रम गरि मनाएको हो ।

खुल्ला मा.वि. स्तरीय भलिबल प्रतियोगिता, निम्न माध्यामिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोसगता, विद्यार्थीका आन्तरिक प्रतिभा प्रस्फुटन, अभिभावकहरु बिच कुर्सी दौड प्रतियोगिता कार्यक्रम सहित विविध सांस्कृतिक कार्यक्रमको गरिएको विद्यालयका प्रधानाध्यपक अशोक सोमैले जानकारी दिए ।

भलिबल प्रतियोगितामा ६ विद्यालयको सहभागिता रहेको थियो । त्रिभुवन माध्यामिक विद्यालय खर्वाङ्ग प्रथम, पृथ्वी माध्यामिक विद्यालय मुसिकोट ३ मैदान द्धितिय भएको विद्यालयले जनाएको छ । प्रथम हुने विद्यालयले १५ हजार मेडल र प्रमाण पत्र, द्धितिय हुने विद्यालयले १० हजार मेडल र प्रमाण पत्र पुरस्कार पाएका छन् ।

हाजिरी जवाफ प्रतियोगिता तर्फ नौ विद्यालयको सहभागिता रहेकोमा प्रथम नेपाल राष्ट्रिय त्रिभुवन माध्यामिक विद्यालय, द्धितिय छत्रभूमि इग्लिस बोर्डिङ्ग स्कूल मुसिकोट १ पौदी अमराई, जनजाती माध्यामिक विद्यालय तृतिय भएको छ ।

( Jeevan rajan

हाजिरी जवाफ प्रतियोगिताको पुरस्कारमा प्रथम हुने विद्यालयले ५ हजार द्धितिय ३ हजार र तृतिय हुने विद्यालयले १ हजार पाएको विद्यालयका प्रधानाध्यपक सोमैले बताए । विद्यालयका प्रधानाध्यपक अशोक सोमैले विद्यालयको शौक्षिक, भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालय संचालनमा सहयोग गर्ने सबैमा धन्यबाद दिनुभएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया