संस्कृति संरक्षणमा मालिका अग्रपंक्तिमा : सभामुख घर्ती



Live Gulmi


गुल्मी । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले संस्कृति संरक्षणमा मालिका गाउँपालिका अग्रपंक्तिमा रहेको बताएका छन् । मंगलबार मालिका गाउँपालिकाकाे अर्खबाङ्गमा आयोजना गरिएको अन्तर पालिका स्तरीय जनप्रतिनिधि र कर्मचारीकाे भलिबल तथा वडा स्तरीय भलिबल प्रतियोगिता कार्यक्रमकाे उद्घाटन गर्दै सभामुख घर्तीले यस्तो बताएका हुन् ।

प्रमुख अतिथि सभामुख घर्ती रहेको उक्त कार्यक्रम उद्घाटनपछि मालिकामा रहेका विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएकाे थियो । गाउँपालिका वडा नम्बर ३ ह्वाङ्दीकाे यानिमायाँ, वडा नम्बर ७ घमिरकाे भैलाे, वडा नम्बर ४ अर्खबाङ्गकाे भैलाे, वडा नम्बर ५ छापहिलेकाे भजन र वडा नम्वर ७ घमिरकाे पञ्चेबाजा लगायतका प्रस्तुति देखाइएको थियो ।

Jeewan and Rajan Tailors

उक्त प्रस्तुतिकाे खुलेर प्रशंसा गर्दै लुम्बिनी प्रदेश सभामुख घर्तीले पुराना नाचगानकाे पुनर्ताजगी बनाएकोमा गुल्मीको सुदूरपश्चिम मालिका क्षेत्र संस्कृति संरक्षणमा अग्रपंक्तिमामा रहेको प्रतिक्रिया दिए । सांस्कृतिक संरक्षण, सभ्यताकाे संरक्षण र यसलाई समयसमयमा पुनर्ताजगी हुनेगरी प्रस्तुत गर्नुले स्थानीय सरकार सफलतातर्फ गइरहेको पनि सभामुख घर्तीले बताए ।

The Star Family Restaurant

उनले मालिका गाउँपालिकाले वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता र अन्तर पालिका स्तरीय जनप्रतिनिधि र कर्मचारीकाे भलिबल प्रतियोगिता राखेर माैलिक कार्यक्रम गरेको बताएका थिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया