गुल्मीकाे मालिकामा अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिता, सभामुखद्वारा उद्घाटन



Live Gulmi


गुल्मी । गुल्मीकाे मालिका गाउँपालिकामा दाेस्राे मालिका रनिङ शिल्ड तथा अन्तरपालिका र वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्लाकाे मालिका गाउँपालिकाकाे आयोजनामा अर्खबाङ्गमा गुल्मीको कालीगण्डकी, चन्द्रकाेट, सत्यवती र धुर्काेट गाउँपालिका र बागलुङको वडिगाड गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीकाे सहभागितामा साथै मालिका गाउँपालिकाका वडाकाे समूहकाे सहभागीतामा भलिबल प्रतियोगिता सुरु भएको हो ।

कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले राजनैतिक र प्रशासनिक संयन्त्रकाे तालमेल हुन जरुरी रहेको बताए । उनले जनप्रतिनिधि र कर्मचारीकाे अन्तर पालिका स्तरीय भलिबलले यसलाई अझ मजबुत बनाउन सहयोग पुग्ने बताएका छन् ।

Jeewan and Rajan Tailors

सभामुख घर्तीले संस्कृतिकाे संरक्षणमा मालिका गाउँपालिका अग्रपंक्तिमा रहेको पनि बताए । कार्यक्रममा भैलाे, यानिमायाँ, पञ्चेबाजा, भजन र स्थानीय अन्य प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।

The Star Family Restaurant

कार्यक्रममा मालिका गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता अर्जुन बुढा, मालिका गाउँपालिका उपाध्यक्ष उपेन्द्र अर्याल, मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापा, इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खड्का, मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर र लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले शुभकामना मनतब्य ब्यक्त गरेका थिए । कार्यक्रम मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिकास खनालको स्वागत मनतव्य र बुद्धिसागर अर्यालकाे संचालनमा भएको थियो ।

अन्तर पालिकाकाे समन्वय, सहजीकरण र सह-अस्तित्व लगायतमा टेवा पुराउने उद्देश्यले अन्तर पालिका स्तरीय जनप्रतिनिधि र कर्मचारीकाे भलिबल प्रतियोगिता आयोजना गरिएको मालिका गाउँपालिका अध्यक्ष देबिराम अर्यालले जानकारी दिए । उद्घाटन सत्र समापनपछि भलिबलका खेलहरु चलिरहेका छन् । खेल बुधबारसम्म संचालन हुनेछ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया