मदाने गाउँपालिकामा घुम्ती शिविरबाट ८५२ बढी लाभान्वित



Live Gulmi


गुल्मी । गुल्मीको मदाने गाउँपालिकामा घुम्ती शिविरबाट आठ सय ५२ सेवाग्राही लाभान्वित भएका छन् । मदाने गाउँपालिका गाउँकार्यपालिकाकाे कार्यालय पुर्काेटदहकाे आयोजना र वडा नम्बर ४ म्यालपाेखरीकाे सहआयाेजनामा घुम्ती शिविर संचालन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिए ।

घुम्ती शिविरमा ज्येष्ठ नागरिक परिचयपत्र दुई सय ३३, बीउ पल वितरण दुई सय ९३, स्वास्थ्य जाँच तथा औसधि वितरण एक सय ११ र पशु औसधि वितरण दुई सय १५ जनाले सेवा लिएको वडा नम्बर ४ का वडाध्यक्ष प्रेमबहादुर सेन ओलीले जानकारी दिए ।

Jeewan and Rajan Tailors

घुम्ती शिविरमा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, पशु औसधि वितरण, तरकारी बाली बिउ वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, ब्यक्तिगत घटना दर्ता र याेजना सम्झौता लगायतका सेवाहरु प्रदान गरेको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन् ।

The Star Family Restaurant

मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले नागरिकको सेवा सहजताका लागि वडामै पुगेर सेवा दिइरहेको बताए । उनले समुन्नत मदाने र सम्मानित मदानेबासी मूल नाराका साथ गाउँपालिकाले काम गरिरहेको बताएका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया