गुल्मीमा महिला स्वास्थ्य स्वयंसेविकालाई बाख्रा उपहार



Live Gulmi


गुल्मी । गुल्मीमा महिला स्वास्थ्य स्वयंसेविकालाई बाख्रा उपहार प्रदान गरिएको छ । जिल्लाको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गमा स्वास्थ्य स्वयंसेविकालाई बाख्रा उपहार प्रदान गरिएको हो ।

वडाध्यक्ष सुशील चन्दका अनुसार, नि:शुल्क रुपमा वडाकाे स्वास्थ्य क्षेत्रमा खटिएका महिला स्वास्थ्य स्वयंसेविकालाई बाख्रा उपहार प्रदान गरिएको हो । स्वास्थ्य स्वयंसेविकालाई आयआर्जनसँग जोड्न चालु आर्थिक वर्ष २०८०/०८१ काे वार्षिक स्वीकृत कार्यक्रम अनुसार १० जना स्वास्थ्य स्वयंसेविकालाई एक/एक वटा बाख्रा उपहार दिएको वडाध्यक्ष चन्दले जानकारी दिए ।

Jeewan and Rajan Tailors

एक लाख रुपैयाँ बजेटमा उक्त बाख्रा उपहार दिइएको हो । समाजमा स्वास्थ्य सम्बन्धी गतिविधिमा यस कार्यक्रमबाट स्वयंसेविका थप सक्रिय हुने र सम्पूर्ण गतिविधिमा भूमिका अझ बढी सक्रियताका अनुसार रहने अपेक्षा गरिएको मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ्गका वडाध्यक्ष सुशील चन्दले बताए ।

The Star Family Restaurant

बाख्रा उपहार पाएपछि स्वास्थ्य स्वयंसेविकाले राम्रोसँग बाख्राको पालनपोषण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आयआर्जनमुलक कार्यक्रममा जोडेकोमा वडा कार्यालय परिवारलाई धन्यवाद दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया