रेसुंगाकाे पराल्मी र गुल्मीदरबारको बलिथुम जाेड्ने ट्रस पुलको उद्घाटन



Live Gulmi


गुल्मी । गुल्मीमा टेकुवा झिमिरे ट्रस पुलको उद्घाटन गरिएको छ । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १४ पराल्मी र गुल्मीदरबार गाउँपालिक वडा नम्बर १ बलिथुम जाेड्ने ट्रस पुलको उद्घाटन गरिएको हो ।

ट्रस पुलको आइतबार रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरेका छन् । उक्त ट्रस पुल २४ लाख ३१ हजार लागतमा निर्माण भएको हो । क्षेत्रगत कार्यक्रम अन्तर्गत ८५ प्रतिशत संघीय अनुदान, १३ प्रतिशत रेसुंगा नगरपालिकाकाे र दुई प्रतिशत उपभोक्ताकाे श्रमदानबाट ट्रस पुल निर्माण भएको सिर्जनशील सामुदायिक विकास केन्द्रका कार्यक्रम संयाेजक डिल्लीराज खनालले जानकारी दिए । पुलको प्राविधिक सहयोग सिर्जनशील सामुदायिक विकास केन्द्रले गरेको हो । ८ फागुन २०७९ मा निर्माण सम्झौता भई १४ असार २०८० मा निर्माण सम्पन्न भएको थियो । २८ मिटर लामो ट्रस पुल निर्माण सम्पन्न भएको हो । पुलको निर्माण टेकुवा झिमिरे ट्रस पुल उपभोक्ता समितिले गरेको थियो ।

Jeewan and Rajan Tailors

निर्माण सम्पन्न ट्रस पुलको उद्घाटन गर्दै रेसुंगा नगरपालिका प्रमुख खिलध्वज पन्थीले इच्छाशक्ति भयो भने छाेटाे समयमै धेरै र गुणस्तरीय काम गर्न सकिन्छ भन्ने उदाहरण पुलले दिएको बताए । उनले दुर्गम मानिएको पराल्मी सुगम बनाउन थप एक आयाम थपेको बताउँदै पराल्मी र बलिथुमबासीलाई राहत पुगेको बताए ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया