गुल्मीको धुर्काेटमा किसानलाई राँगा वितरण



Live Gulmi


बासुदेब पाेखरेल, गुल्मी । गुल्मीको धुर्काेट गाउँपालिकामा किसानलाई राँगा वितरण गरिएको छ । धुर्काेट गाउँपालिका र धुर्काेट कृषि तथा पशु उद्यमशीलता विकास परियोजनाबाट राँगा वितरण गरिएको हो ।

गाउँपालिकाकाे पशु विकास शाखाको वार्षिक कार्यक्रम अनुसार प्रत्येक वडामा बिउका लागि राँगा वितरण गरिएको हो । प्रत्येक वडामा १/१ वटा गरी सात वटा राँगा वितरण गरिएको हो । उन्नत जातका राँगा बिउका लागि वितरण गरेको धुर्काेट गाउँपालिका पशु शाखा प्रमुख भरत खड्काले जानकारी दिए ।

Jeewan and Rajan Tailors

शुक्रबार गाउँपालिकाकाे केन्द्र बर्बाेटबाट प्रत्येक वडालाई राँगा वितरण गरिएको हो । गाउँपालिकाले ५० हजार रुपैयाँका दरले तीन लाख ५० हजार रुपैयाँमा खरिद गरिएको थियो । राष्ट्रिय पशु प्रजनन कार्यालय पाेखरा कास्कीबाट ल्याएर राँगा वितरण गरिएको थियो ।

The Star Family Restaurant

गाउँपालिकाले यस कार्यक्रमबाट दुधमा आत्मनिर्भर हुने अपेक्षा लिएको छ । यसअघि धुर्काेट मासुमा आत्मनिर्भर भइसकेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया