गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा आज आत्महत्या न्यूनीकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
रेसुङ्गा नगरपालिकाकाे आयोजना र जिल्ला प्रहरी कार्यालय गुल्मीको सहजिकरणमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा नगरपालिकाका १४ वटै वडाका वडाध्यक्ष सहित जनप्रतिनिधिहरु नगरपालिका मातहतका कर्मचारीहरुलाई एक दिने आत्महत्या न्यूनीकरण कार्यक्रम कार्ययोजना कार्यान्वयन कार्यक्रम अभिमुखिकरण तथा मनोसामाजिक परामर्श संचालन गरेकाे रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।
सानो कार्यक्रमले प्रतिनिधि मुलुक रूपमा भए पनि नकारात्मक मनोवृत्ति बढ्दै गएका हाम्रा समाजहरुलाई केहि हद सम्म सकारात्मक बाटो तर्फ डोर्याउन सहयोग पुर्याउने विश्वास लिएको बताए ।