गुल्मीको चन्द्रकोट गाउँपालिका कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट



Live Gulmi


महेश बोहरा, गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाकै उत्कृष्ट भएको छ । आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादनका आधारमा सार्वजनिक भएको नतिजा अनुसार चन्द्रकोट गाउँपालिकाले ९३.२५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

जिल्लाका दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमध्ये स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा चन्द्रकोट गाउँपालिका उत्कृष्ट भएको हो । जिल्लाको धुर्कोट गाउँपालिकाले ९३.७५ प्रतिशत अङ्क प्राप्त गर्दै पहिलो भएको छ भने  रुरुक्षेत्र गाउँपाालिाकाले समान  ९३.२५ प्रतिशत अङ्क प्राप्त गर्दै जिल्लामा दोस्रो हुन सफल भएको  छ ।

Jeewan and Rajan Tailors

यस भन्दा पहिले आर्थिक वर्ष २०७८/०७९ मा चन्द्रकोट गाउँपालिकाले जम्मा ७३.५ प्रतिशत अङ्क प्राप्त गरेको थियो । यस्तै आर्थिक वर्ष २०७७/७८ मा गाउँपालिकाले ७० प्रतिशत अङ्क प्राप्त गरेको थियो । भने २०७६/७७ मा जम्मा ६१ प्रतिशत अङ्क प्राप्त गरेको थियो । चन्द्रकोट गाउँपालिकाले क्रमशः स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुधार गरेको छ । चन्द्रकोट गाउँपालिकाको दाश्रो कार्यकालका लागी निर्वाचित अध्यक्ष युवराज केसीको नेतृत्वले कार्यसम्पादन मूल्याङ्कनमा सुधार गरेको हो । आउने वर्षमा पनि थप सुधार गदै शतप्रतिशत बनाउने गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।

The Star Family Restaurant

गाउँपालिकाले संगठन तथा प्रशासन बिषय क्षेत्रमा ९ अङ्क प्राप्त गरेको छ । शासकीय प्रवन्धमा ८, बजेट तथा योजनामा १०.५, वित्तीय एंव आर्थिक व्यवस्थापनमा १०.७५, सेवा प्रवाहमा १४.५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधारमा ११, सामाजिक समावेशीकरणमा ९ अङ्क प्राप्त गरेको छ । यस्तै वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ७.५ र सहकार्य र समन्वयमा ६ अङ्क प्राप्त गरी कुल १०० मा ९३.२५ प्रतिशत अङ्क प्राप्त गरेको हो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ बमोजिम स्थानीय तहको मूल्याङ्कन गरिन्छ । कार्यविधि अनुसार स्थानीय तहमा शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, समन्वय र सहकार्य गरी दश वटा क्षेत्रका १०० सूचकसहित १०० पूर्णाङ्कमा मूल्याङ्कन गरिएको हुन्छ ।

यस्तो छ अन्यको अवस्था

जिल्लाको धुर्कोट गाउँपालिकाले ९३.७५ प्रतिशत अङ्क प्राप्त गर्दा रुरुक्षेत्र गाउँपाालिाकाले ९३.२५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।
यस्तै मुसिकोट नगरपालिकाले ९१.५ प्रतिशत अङ्क प्राप्त गरेका छ ।

मदाने गाउँपालिकाले ९१.२५ प्रतिशत, रेसुङ्गा नगरपालिकाले ९०.२५ प्रतिशत, कालीगण्डकी गाउँपालिकाले ९० प्रतिशत, मालिका गाउँपालिकाले ८८.५ प्रतिशत, सत्यवती गाउँपालिकाले ८८ प्रतिशत, गुल्मी दरबार गाउँपालिकाले ८६.२५ प्रतिशत, इस्मा गाउँपालिकाले ८५.५ प्रतिशत र छत्रकोट गाउँपालिकाले ८२.२५ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया