वाइफाइ नेपाल ईन्टरनेटले बुटवल ,भैरहवा लगायतबाट सेवा सञ्चालनमा ल्यायो



Live Gulmi


बुटवल । वाइफाइ नेपाल ईन्टरनेट सेवा प्रदायक संस्थाले रुपन्देहीको बुटवल ,भैरहवा ,मुर्गिया मणिग्रामसहित एकैसाथ सेवा सञ्चालनमा ल्याएको छ ।नेपालकै सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेट सेवाका रुपमा चिनिएको यस इन्टरनेट कम्पन्नीले सेवा विस्तारका क्रममा रुपन्देहीको चार वटा शहरमा एकैसाथ सेवा सुचारु गरेको हो ।

कम्पन्नीले जिल्लाको चार शहरमा सेवा शुरु गरिएपनि थप अन्य शहर,बजारमा समेत सेवा विस्तारको योजना रहेको कार्यकारी अधिकृत सत्रुहन पञ्जियारले बताए । छोटो अवधिमा ग्राहकको सेवामा समर्पित हुदै स्तरिय सुविधा प्रदान गरिआएको यस कम्पन्नीले देशभरिका ४५ वटा जिल्लामा वाइफाइ नेपालको इन्टरनेट पुगिसकेको उनको भनाई छ ।

Jeewan and Rajan Tailors

कम्पन्नीले विशेषगरि आर्थिक अवस्था कमजोर भएका लक्षित समुदायलाई इन्टरनेटको पहुँच पुरयाँउदै सस्तो र उच्च सुविधा उपलव्ध गराउन आर्कषक अफर समेत सञ्चालनमा रहेको कम्पन्नीका मणिग्राम यूनिटका इन्चार्ज नरेन्द्र सेजवालले बताए।

The Star Family Restaurant

जसअनुसार वाइफाइ नेपालले सवैभन्दा सस्तो २४ महिने इन्टरनेट प्याकेजमा ५० एविपिएस जडान गर्दा ८ हजार ४ सय ७५ ,८० एमविपिएसमा ११ हजार ८ सय ६५ रुपैयामै स्पीड सेवा दिने उनले बताए । यस्तै,इन्टरनेट नविकरण गर्दा ५० एमविपिएसमा ७ हजार ३ सय ४५ र ८० एमविपिएस जडानका लागि १० हजार ७ सय ३५ मात्र शुल्क लिने कम्पन्नीले जनाएको छ ।

कम्पन्नीका कार्यकारी अधिकृत पञ्जियारका अनुसार सस्तो इन्टरनेट प्याकेजमा ५० एमविपिएसको ३ महीनाका लागि ३ हजार ५ सय ३, ६ महीनाका लापिग ४ हजार ६८ र एक बर्षको भने ६ हजार २ सय १५ शुल्क तिरे जडान समेत निशुल्क गर्ने व्यवस्था गरिएको छ । सोहि प्याकेज अनुसार ८० एमविपिएसको ३ महीना,६ महीना र १ वर्षका लागि क्रमशः४ हजार ६८, ५ हजार ३ सय ११ र ८ हजार ४ सय ७५ लाग्ने उल्लेख छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया