अनेमसंघ गुल्मीको ११ औं सम्मेलन माघ २६ र २७ गते



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । नेकपा एमाले निकट महिलाहरुको संगठन अखिल नेपाल महिला संघ जिल्ला कमिटी गुल्मीको ११ औ जिल्ला अधिबेशन आगामी माघ २६ र २७ गते तम्घासमा हुने भएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी, सचिवालय र पालिका कमिटी अध्यक्षहरुको संयुक्त भेलाले ११ औ अधिवेशन भव्य बनाउने गरेर कार्ययोजना समेत निर्माण गरेको छ ।

अधिवेशनको लागि माघ १५ गतेसम्म सदस्यता वितरण तथा बाँकी रहेका वडा र पालिकाका अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । प्रचारप्रसार उपसमिति संयोजकमा सावित्रा खड्काका अनुसार माघ २० गते १२ वटै पालिका र वडामा प्रतिनिधी छनौट हुनेछन् । बैठकले अधिवेशन व्यावस्थापनको जिम्मेवारी समेत बाँडफाँड गरेको छ ।

Jeewan and Rajan Tailors

प्रतिवेदन लेखन उपसमितिको संयोजन कार्यवहाक अध्यक्ष सपना पन्थी, आर्थिक परिचालन उपसमितिमा कोषाध्यक्ष लक्ष्मी पन्त, आवास तथा भोजन उपसमितिमा नेतृ रिता बराल, प्रतिनिधी व्यावस्थापन उपसमितिमा नेतृ सपना पन्थी र बिष्णु विक, मंचहल व्यावस्थापनमा नेतृ शान्ता पोख्रेल, सांस्कृतिक कार्यक्रममा उपसमितिमा नेतृ अन्जु कंडेल, स्वयसेवक परिचालन उपसमितिमा नेतृ विमला केसी, आर्थिक प्रतिवेदन संयोजकनमा लक्ष्मी पन्त र प्रचारप्रसार उपसमिति संयोजकमा सावित्रा खड्का रहेकी छन् ।

The Star Family Restaurant

बैठकमा एमाले नेताहरु दिनेश पंथी, बालसिंह काउछा, राजेन्द्र अर्याल, ललिता गौतम, लक्ष्मी पन्त लगायतले मन्तव्य राखेका थिए । बैटक कार्यबहाक अध्यक्ष सपना पन्थीको अध्यक्षता र सचिव बिष्णु विकको संचालनमा सम्पन्न भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया