देशकै सवैभन्दा ठुलो बन्दै राष्ट्रसेवक सहकारी : अध्यक्ष कोइराला



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । राष्ट्रसेवक बचत तथा ऋण सहकारी सस्थाको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले उद्घाटन गरेका थिए ।

सभालाई संबोधन गर्दै कोइरालाले नेपाल निजामती कर्मचारी संगठनको अभिभावकत्वमा अहिलेसम्म देशका ६९ जिल्लामा राष्ट्रसेवक बचत तथा ऋण सहकारी स्थापना भएको बताए । उनले अब ८ जिल्लामा बिस्तारसंग देशभरको सवैभन्दा ठुलो सहकारी हुने दाबी गरे । अहिले संगठनमा देशभर ४० हजार र सहकारीमा २५ हजार सदस्य रहेकाले केहि समयभित्र ३ अर्व बढीको पुँजीसहितको सहकारी निर्माण गर्ने कार्ययोजना अगाडी बढेकाले आवद्ध हुन निजामती राष्ट्रसेवक कर्मचारीहरुलाई आग्रह गरे ।

Jeewan and Rajan Tailors

कार्यक्रममा केन्द्रिय अध्यक्ष कोइरालाले सरकारले संघीय निजामती ऐन आफुहरुको सुझावभन्दा तलमाथि गरेर जारी गरे च्यात्ने र सिहदरवारको गेटमा तालाबन्दी गर्ने बताए । उनले ट्रेड युनियन कुनै सरकारको नहुने भएकाले संघीय निजामती ऐन जारी नहुनुमा नेता र सरकारको कम्जोरी भएकाले आफुहरु सरकार र नेताहरुको ढोकामा पुग्दापुग्दै थाक्ने भइसकेको बताए ।

The Star Family Restaurant

सरकारलाई ऐनका सम्बन्धमा प्रयाप्त सुझाव दिइएकाले कर्मचारीमैत्री ऐनका लागि संगठन जस्तोसुकै कुर्वानी गर्न पछि नपर्ने प्रतिबद्धता कोइरालाले गरे । ७ बर्षदेखि जारी नहुनुमा नेता र सरकारको दोष भएको बताए । कार्यक्रममा संगठनका केन्द्रिय सचीव सुर्य कुवर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, निजामती कर्मचारी संगठनको पुर्व अध्यक्ष सपना पन्थी, निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष भिम खनाल, कोष प्रमुख छविन्द्र बेलबासे, प्रहरी उपरीक्षक नविन किशोर प्रधान, पेशागत इन्चार्ज राजेन्द्र पाण्डेय, जिल्ला सहकारी संघका युवराज आचार्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सहकारीका अध्यक्ष गोपाल पाण्डेयले संस्थाको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समितिको प्रतिवेदन पास गरेको सहकारीका सचिव बोम अर्यालले जानकारी दिए । साधारण सभामा असल बचतकर्ता २४ र क्रृणी १२ जनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रसेवक बचत तथा ऋण सहकारी गुल्मीको उपाध्यक्ष सावित्रा भण्डारी राखेकी थिइन । भने कार्यक्रमको संचालन राष्ट्रसेवक बचत तथा ऋण सहकारी सस्थाका सचिव बोम अर्यालले गरेका थिए । ०६५ सालमा स्थापना भएको सहकारीमा एक सय ८४ जना शेयर सदस्य रहेका छन् ।

संस्थाको जम्मा बचत एक करोड ५६ लाख ४१ हजार ६ सय चार रुपैयाँ र क्रृण लगानी एक करोड १३ लाख ५६ हजार दुई सय ८८ भएको छ ।

 

 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया