गुल्मी । राष्ट्रिय प्रजातन्त्र पार्टी र विश्व हिन्दु महासंघ गुल्मीले संयुक्त रुपमा ३०२ औं पृथ्वी जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी गुल्मीका अध्यक्ष अनिल कक्षपतिका अध्यक्षता रहेको कार्यक्रममा किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पृथ्वी नारायण शाहाको तस्विरमा माल्र्यापण गर्दै राष्ट्र निर्माणमा पुराएको योगदानको चर्चा गरेका थिए । विश्व हिन्दु महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले पृथ्वीनारायण शाआलेनै एकीकरण मार्फत सवै नेपालीलाई एकसुत्रमा बाँधेर नेपाली भनेर गर्वका साथ बाच्ने स्थिती प्रदान गरेको बताए । नेपाली कांग्रेस गुल्मीका सहसचिव धर्मराज पाण्डेले पृथ्वीनारायण शाहको जस्तो त्याग र राष्ट्रिय स्भाविमान बर्तमान नेतृत्वकर्ताहरुमा नभएकाले पछिल्लो समय राष्ट्रिय एकताको अभाव खड्किएको बताए ।
मूलभूत मुद्दा र सबल तथा सक्षम समाज निर्माणमा सबै एक ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयो । शिक्षाविद् एवम् साहित्यकार दीन पन्थीले पृथ्वीनारायण शाह नभएको भए नेपालनै नरहने स्थिती भएकाले इतिहास कसैले नामेट पार्न नहुनेमा जोड दिए । किरण पुस्तकालयका अध्यक्ष शशी पन्थीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहालाई सम्झनु, सम्मान गर्नु सबैको दायित्वसंगै कर्तव्य भएको बताउँदै राष्ट्रप्रति सबै इमानदारी बन्न जरुरी रहेको उल्लेख गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी गुल्मीका अध्यक्ष अनिल कुमार कक्षपतिले देश निर्माण गर्नेलाई सबैले सम्झनु पर्ने बताउँदै हिन्दु राष्ट्र र राजसंस्था अहिलेको आवश्यकता रहेको बताए ।