साना किसान कृषि सहकारी संस्थाको २० औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशन सम्पन्न 



Live Gulmi


नवीन कार्की, गुल्मी ।  गुल्मीदरबार गाउँपालिका बडा न.३ मा रहेको साना किसान कृषि सहकारी संस्थाले २० औ वार्षिक साधरण सभा तथा ७ औ अधिवेशन सप्पन्न गरेको छ। राजारुन्खा माध्यमिक बिधालयको प्राङ्गणमा आयोजित साधरण सभा गुल्मीदरबार गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेंगा को प्रमुख आतिथ्यमा रहेको हो।

कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले साना-साना किसान तथा महिला दिदिबहिनी हरुलाई व्यावसायिक रुपमा आबद्ध गराइ आयआर्जनमुखी कार्यक्रममा सहभागी गराउन सहकारीले ठुलो भुमिका निर्वाह गरेको बताउनु भयो ।
१५६९ जना सेयर सदस्य रहेको उक्त सहकारीले शुशिला पुन अध्यक्ष र टहल बहादुर थापा उपाध्यक्ष रहेको ११ सदस्यीय संचालन समिति तथा शान्ता पन्थी शर्मा संयोजक रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति आगामी ४ बर्षको लागि चयन गरेको छ।
साधरण सभाको अवसरमा सहकारीले
एसईई मा उत्कृष्ट अंक ल्याउने ३ जना बिद्यार्थी १ जना जेष्ठ नागरिक १ जना अपाङ्ग १ जना दलित एकल महिला २ जोडी उत्कृष्ट कृषक दम्पती उत्कृष्ट बचत सदस्य पुर्व संस्थापक संचालक समिति निवर्तमान संचाकल समितिलाई सम्मान गरेको थियो।
उक्त कार्यक्रममा बडा न.३ का बडा अध्यक्ष राम ब.थापा बडा न.४का बडा अध्यक्ष देबिराम पोखरेल ३ र ४ नम्बर बडाका पुर्व बडा अध्यक्ष लगायत विशिष्ट ब्याक्तीहरुको उपस्थिति रहेको थियो।
संस्थाका अध्यक्ष बिस्नु माया थापाको अध्यक्षता भएको उक्त कार्यक्रमको सहजीकरण संस्थाका प्रबन्धक भुपाल थापाले गर्नु भएको थियो।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया