नयाँ शान्ति दीप युवा क्लबले २५ औं बार्षिकोत्सव मनाउने



Live Gulmi


अनिल खत्री,गुल्मी  । बिकास अनुशासन गतिशीलता ,युबाहरुको प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लाको पुर्कोटदह गोलपोखरी रङ्गशालामा “शान्तिदिप युबा भलिबल रनिङ्ग शिल्ड “प्रतियोगिता गरिने भएको छ । नयाँ सान्तिदिप युबा क्लब मदाने गाउँपालिका  ०६ पुर्कोट दह गुल्मीले आफ्नो २५ औ बार्षिकउत्सवको अबसरमा विभिन्न कार्यक्रम गरि मनाउन थालेको हो ।

माघ १६ गतेदेखि २० गतेसम्म ५ दिन सम्म हुने कार्यक्रममा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम गरिने क्लब सचिब सुरेश कुवरले बताए । क्लबले बिगतमा पनि यस्तै कार्यक्रम गरि बार्सिकउत्सब मनाउने गर्दथ्यो । विभिन्न कार्यक्रम मध्य ठूलो राशिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता राखिएको छ ।

Jeewan and Rajan Tailors

जसमा प्रथम हुनेले नगद ५०,००० सिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । तेस्तै दोस्रोले ३५,००० र तेस्रोले २०,००० प्राप्त गर्ने हुन । खुल्ला महिला भलिबलमा बिजेताले २०,००० र  उपबिजेताले ११००० नगद प्राप्त गर्नेछन ।  कार्यक्रममा खुल्ला ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ जसमा बिजेताले २०,००० र उपबिजेताले ११००० प्राप्त गर्ने कुवरले बताए ।

The Star Family Restaurant

पालिका स्थरिय प्रा बि नृत्य प्रतियोगितामा बिजेताले १०,००० र उपबिजेताले ५००० पाउने भएका छन साथै कार्यक्रममा राष्ट्रिय स्थरका तथा स्थानीय कलाकारको पनि प्रस्तुति रहने बताईएको छ । कार्यक्रमलाई सभ्य र भब्य पार्नको लागि सबैको साथ रहेको र कतिपय ठाउमा कार्यक्रमलाई हौसला दिने सबैलाइ निम्ता गरिएको छ । पत्र नपुगेको ठाउमा यसै सुचनालाइ आधार मानि उपस्थिति हुन तथा कार्यक्रममा नबुझेको कुरा थाहा पाउनको लागि क्लब सचिब ९८५७०८९२१४ र सह-सचिब ९८६७३७८८८७ मा फोन गर्न सकिने बताईएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया