रिटर्नी गुल्मीले स्थापना दिवस मनायो : लागु औषध र आत्महत्याका बिषयमा अन्तरक्रिया



Live Gulmi


टोपलाल अर्याल,गुल्मी । रिटर्नी फेडरेसन नेपाल जिल्ला कमिटी गुल्मीले अन्तरक्रिया गरेर स्थापना दिवस मनाएको छ । रिटर्नी फेडरेसन नेपाल जिल्ला कमिटी गुल्मीले ‘लागु औषध दुव्र्यसन र आत्महत्या न्यूनिकरणमा हाम्रो भूमिका’ बिषयमा जिल्लाका सरोकारवालासंग अन्तरक्रिया गरेको हो । अन्तरक्रियाको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले जिल्लामा लागु पदार्थ दुव्र्यसनी, आत्महत्याको अवस्था र न्यूनिकरणका उपायका बारेमा सहजीकरण गरेका थिए । गुल्मीमा अन्तरक्रियामा आफ्नो धारणा राख्दै सरोकारवालाले श्रोत, साधन र शक्ति सरकारसंग हुने भएकाले उपयुक्त कार्ययोजना निर्माण गरेर परिवार, समुदाय र सरकारबिचको समन्वयमा दुव्र्यसनीको अन्त्य गर्न सकिने बताएका थिए ।

Jeewan and Rajan Tailors

उनीहरुले लागु पदार्थ दुव्र्यसनी बढ्दै जाँदा आत्महत्या र अपराधका घटनामा पनि बृद्धि हुने भएकाले बेलैमा सोच्नुपर्ने बताए । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले प्रहरी र प्रशासनले मात्रै लागु औषध दुव्र्यसनी र आत्महत्या न्यूनिकरण गर्न नसकिने भएकाले सवैको सहयोग र समन्वय आवश्यक रहेको बताए ।

The Star Family Restaurant

उनले रिटर्नीले समय अनुसारको कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै नेपाली समाजमा लागु औषध दुव्र्यसनी र आत्महत्याको समस्या बल्झिदै गएकाले न्यूनिकरण गर्न सवैको हातेमालो आवश्यक रहेको औल्याए । अन्तरक्रियामा मुसिकोट नगरपालिकाका पुर्व मेयर सोमनाथ सापकोटा, मदाने गाउँपालिकाका उपप्रमुख सरिता खड्का, एमाले जिल्ला कमिटी उपाध्यक्ष कृष्ण सुनार र नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज बीर बहादुर कार्कीले आफ्नो बिचार राखेका थिए । त्यस्तै सरोकारवाल निकायको तर्फबाट मानव अधिकार शान्ति समाज गुल्मीका अध्यक्ष ढुण्डिराज पोख्रेल, नागरिक समाजमा संयोजक पदम पाण्डेय, बुद्धिजिवी परिषद्का गोबिन्द गौतम, मानब अधिकार एलायन्सका शान्ता पोख्रेल, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक अर्जुन न्यौपाने र समाजसेवी पुर्णलाल श्रेष्ठ लगायतले आफ्नो भनाई राखेका थिए ।

कार्यक्रममा प्रेस चौतारीका पुर्व अध्यक्ष राजेन्द्र अर्याल, उज्यालो सहकारीका अध्यक्ष हिरा एसी, नेकपा एमाले रेसुंगा नगरकमिटी अध्यक्ष हरि प्रसाद पोख्रेल, रेसुंगा नगरपालिका वडा नं ६ का वडाध्यक्ष गन बहादुर गुरुङ्ग, धुर्कोट गाउँपालिका वडा नं ७ का पुर्व वडाध्यक्ष हिमप्रसाद पन्थी लगायतको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया रिटर्नी फेडरेसन नेपाल जिल्ला कमिटी अध्यक्ष रवि पन्थको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य महेन्द्र रायमाझीको स्वागत तथा केन्द्रिय स्थायी कमिटी सदस्य बिमला खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

रिटर्नी गुल्मीमा ०७८ सालमा स्थापना भएको थियो । जिल्ला कमिटीहुँदै प्रत्येक पालिकामा संगठन बिस्तार गरिएको छ । परदेशबाट फर्किएर संगठनमा आवद्ध भएका सात सय बढि व्यक्ति रिटर्नी गुल्मीमा आवद्ध छन्् ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया