इस्मा कल्यारका गुरुङ्ग तमु ल्होसारमा रमाउँदै



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । आज तमु ल्होसार । तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ । जसका कारण सरकारले सार्वजनिक बिदा समेत दिने गरेको छ । ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । गुरुङ्ग समुदायको बाहुल्यता रहेको इस्मा गाउँपालिका ४ कल्यारमा पनि तमु ल्होसारका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ ।

तमु ल्होसारको अवसरमा आयोजित भलिवल प्रतियोगीता तथा सांस्कृतिक कार्यक्रममको इस्मा गाउँपालिका प्रमुख भगतसिंह खड्काले गरेका थिए । साथै खड्का र पालिकाका पुर्व अध्यक्ष लक्ष्मण बिष्ट, बर्तमान वडा नं ४ का वडाध्यक्ष राजु बस्नेत लगायतले भलिवलको फाइनल खेलका लागि रेफ्रिलाई बल हस्तान्तरण गरेका थिए ।

Jeewan and Rajan Tailors

ल्होसारको अवसरमा सिद्धार्थ बौद्ध गुम्बामा गुरुङ्ग समुदायले बिशेष पुजा गरेका छन् । ०७७ सालमा स्थापना भएको बौद्ध गुम्बामा ल्होसारको अवसरमा प्रत्येक बर्ष पुजा गरिदै आएको छ । सुरुका बर्षहरुमा लामाहरुलै ल्याएर बिशेष पाठ र पुजा गर्ने गरिएको भएपनि अहिलेदेखि आफुहरुलेनै पुजालाई निरन्तरता दिइएको सिदार्थ बौद्ध गुम्बा संरक्षक जग बहादुर गुरुङ्गले जानकारी दिए ।

The Star Family Restaurant

४४ घर परिवार गुरुङ्ग भएको कल्यारमा आफ्ना संस्कृति र चालचलन तथा भेषभुषाको संरक्षणमा समुदाय भर्खर अगाडी बढ्दै गरेको बताए । तमु ल्होसारको अवसरमा न्यू बुद्ध ज्योति युवा क्लबले महिला पुरुष खुल्ला वार्ड स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगीतामा इस्मासहित छिमेकी पालिकाका वुरुष तर्फ १३ र महिला तर्फ चार समुहले प्रतिस्प्रर्धा गरेका थिए । १३ पुसबाट सुरु भएको प्रतियोगीतामा रायमाझी थ्रि स्टार मुसिकोट बिजेता बनेको छ । बिजेताले ३१ हजार ५ सय, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सो प्रथम पुरस्कारको सौजन्य भूतपुर्व भारतीय सेना केशबहादुर खड्काले गरेका थिए । त्यस्तै उपबिजेता सृजनशिल युवा क्लव थाम मुसिकोट भएको थियो । उपबिजेत समुहले २१ हजार ५ सय नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको क्लवमा पुर्व अध्यक्ष कमल गुरुङ्गले जानकारी दिए ।

उपबिजेताको पुरस्कारको सौजन्य भूतपुर्व भारतीय सेना गुमानसिंह गुरुङ्गले गरेका थिए । त्यस्तै महिला भलिवलमा आयोजकसहित चार समुह प्रतिस्प्रर्धा गरेकोमा देविस्थान युवा क्लव प्रथम हुँदै ६ हजार ६ सय ६६ नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

सो पुरस्कारको सौजन्य गोविन्द कुमारी गुरुङ्गले गरेको आयोजकले जनाएको छ । उपबिजेता आयोजक न्यू बुद्धज्योति युवा क्लव भएको थियो । उपबिजेताले ४ हजार ४ सय ४४, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । बौद्ध गुम्बा र क्लवको संयुक्त आयोजनामा भएका खेल, सम्मान र सांस्कृतिक कार्यक्रममा सहयोग र सौजन्य गर्ने सवैलाई क्लवका अध्यक्ष गुमानसिंह गुरुङ्गले हार्दिक आभार प्रकट गरे । उनले आगामी बर्षहरुमा पनि सवैको सहयोग र सहकार्यमा अझै व्यापक र व्यवस्थित कार्यक्रम गर्ने बताए ।

तमु ल्होसारको अवसरमा लोक दोहरी गायीका पवित्रा सरतुंगी मगर हरि खत्री र स्थानीय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुती रहेको थियो । स्थानीय मगर कला संस्कृति र परिवारको प्रर्दशनसंगै सहयोग दातासम्मान पनि गरिएको क्लवका अध्यक्ष गुरुङ्गले बताए । कार्यक्रम सिद्धार्थ बौद्ध गुम्बा संचालक समिति अध्यक्ष ठग बहादुर गुरुङ्गको अध्यक्षता, इस्मा गाउँपालिका अध्यक्ष भगतसिंक खड्काको प्रमुख आतिथ्यता, पवित्रा गुरुङ्गको स्वागत तथा भुवन गुरुङ्गको संचालनमा सम्पन्न भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया