खत्रीको पीडामा खेलप्रेमीको साथ दर्शकले दिएको १ लाख ७१ हजार बढि सहयोग प्रदान



Live Gulmi


टोपलाल अर्याल,गुल्मी । फोर्टिन स्टार युवा क्लवले फुटवल खेलाडी महेन्द्र खत्रीलाई आर्थिक सहयोग गरेको छ । उनी चिदिचौर संचालन भएको चौथो फोर्टिन स्टार कप फुटवल खेल्ने क्रममा ०८ पुस गते लडेर गम्भीर घाइते बनेका थिए । उनी मालिका माबि मालिका गाउँपालिका ८ को फुटबल खेलका राइड डिफेन्डर हुन ।

उनको अहिले भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । चिउडो र टाउकोको अप्रेशन गर्न पर्ने भएपछि क्लवले खेल अवधीभर खत्रीको लागि सहयोग संकलन गरेको थियो । सोहि क्रममा संकलन भएको एक लाख ७१ हजार चार सय ११ रुपैयाँ प्रदान गरिएको हो ।

Jeewan and Rajan Tailors

क्लवका उपाध्यक्ष सुरज पोख्रेलले अस्पतालमै पुगेर घाइते खत्री, शिक्षक र आफन्तको रोहबरमा रकम हस्तान्तरण गरेका हुन् । शनिबार पोख्रेलले खेलाडीको स्वास्थ्य अवस्था बुझन्े र सहयोग हस्तान्तरण गरेर फर्किएको बताए । खेल्दै गरेको खेलाडीनै लडेपछि दर्शक समेत स्तब्ध बनेका थिए । जसका कारण सहकर्मी खेलाडी, दर्शक तथा खेलप्रेमीहरुले खत्रीको उपचार गर्न सहयोग संकलन गरे ।

The Star Family Restaurant

८ पुसबाट खेल मैदानमा संचालन भएको सहयोग संकलन अभियानमा सीता बरालले संंयोजन गरेर लक्ष्मी पन्थी र कमला थापाले ५२ हजार एक सय ५१ र क्लवमा संकलन भएको रकम गरेर एक लाख ७१ हजार चार सय ११ रुपैयाँ खेलाडीलाई सहयोग गरिएको क्लवका महासचिज नारायण आचार्यले जानकारी दिए ।

उनले आयोजकको तर्फबाट खेलाडी र कोचको मृत्यु बिमा र घाइतेको हकमा प्राथमिक उपचारको व्यावस्था गरेको भएपनि महेन्द्र खत्रीको लागि शुभेच्छुक, खेलाडी र बिद्यार्थी मार्फत सानो–सानो रकम संकलन गरेर सहयोग गरिएको बताए । अहिले महेन्द्रको चिउडोको हड्डी चर्किएकाले अप्रेसनको गरिएको र स्वास्थ्यमा सुधार आएको अस्पतालमा रहेका मालिका माबिका शिक्षक खेमराज अर्यालले जानकारी दिए । खेलाडी महेन्द्र खत्री सामान्य परिवारका हुन । उनले कक्षा १० मा अध्ययन गर्छन ।

पढाईमा सेकेन्ड र खेलमा अब्बल विद्यार्थी लडेर घाइते भएपछि परिवार सहित विद्यालय पनि ठुलो पीडामा रहेको शिक्षक अर्यालले बताए । अर्यालका अनुसार महेन्द्र दुई भाइ मध्ये कान्छो हुन । उनले ठूलो दाजु पनि शारीरिक रुपमा कम्जोर छन् । त्यसैमा आमा ३९ बर्षीया राधिका केसी लामो समयदेखि मृगौला पिडित छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया