गुल्मीमा चोरी गर्ने १२ जना पक्राउ, डाँकाचाेरी मुद्दामा सबै हिरासतमा



Live Gulmi


गुल्मी ।  जिल्ला प्रहरी कार्यालय गुल्मीले बुधवार एकैदिन चोरीमा संलग्न १२ जना व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न ६ ठाउँमा भएका  छुट्टा छुट्टै चाेरीका घटनामा संलग्न भएकाे आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर डाँकाचोरी मुद्दा दर्ता गरेको छ ।

प्रहरीले थप अनुसन्धानकाे लागि १२ जनालाई हिरासतमा राखेकाे छ । यसरी डाँकाचोरी मुद्दामा एकैदिन १२ जना हिरासतमा गएको जिल्लामा नै याे पहिलो घटना हुन सक्ने जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।

Jeewan and Rajan Tailors

कुन-कुन घटनामा को-को पक्राउ परे ?
पक्राउ पर्नेहरुमा सबैजना गुल्मी जिल्लाकै युवाहरू छन् । ईस्मा गाउँपालिका–५ सिराराका २० वर्षीय सागर गिरीलाई प्रहरीले पक्राउ गरेको छ । उनले १५ मंसिरमा माधव कुँवरको लु ३६ प ५१८७ नंम्बरको मोटरसाईकल र सुरेश बहादुर दमाईको लु ५४ प १०२३ नं.को मोटरसाईकल चोरी गरी भागेका थिए ।

The Star Family Restaurant

त्यस्तै गत २८ मंसिरमा धुर्कोट गाउँपालिका ६ धुर्कोट रजस्थलका दिन बहादुर कामीको किराना पसल चोरी गर्ने सोहि स्थानका २२ वर्षीय गणेश सुनारलाई प्रहरीले पक्राउ गरेको छ । १५ मंसिरमा रेसुङ्गा नगरपालिका ५ बर्दबासी बिष्णु कुमारी जोगी कुँवरको बोका चोरी गर्ने रेसुंगा ७ का २३ वर्षीय विरेन्द्र परियार, मालिका गाउँपालिका ७ का २५ वर्षीय सुनिल बिक र १५ वर्षीय बालकलाई नियन्त्रणमा लिएर चोरी तथा डाँका सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।

५ पुसमा मदाने गाउँपालिका-६ का ७२ वर्षीय निर्प बहादुर कुँवरको २५ हजार तथा जिन्सी सामान  चाेरी गर्ने ४५ वर्षीय भुपेन्द्र कुँवर, ५ पुसमै गुल्मीदरवार गाउँपालिका-३ निदुर बस्ने कुल बहादुर सराङकाेटी र हुम बहादुर खत्रीको घरमा जिन्सी सामानहरु चोरी गर्ने गुल्मीदरवार गाउँपालिका-१ का २८ वर्षीय हिमाल भन्ने भुवन केसी, वडा नं. ३ का ३० वर्षीय सन्दिप थापा, २२ वर्षीय आशिष बस्नेत. रेसुङ्गा नगरपालिका-१२ का २७ वर्षीय सन्तोष राना, धादिङ शिद्धलेख गाउँपालिका-३ का ३५ वर्षीय पदम थापा मगरलाई सामानहरुसहित प्रहरीले पक्राउ गरेर गुल्मी अदालत तम्घासबाट म्याद थप गरि थप अनुसन्धानकाे कार्य भईरहेको प्रहरी प्रमुख प्रधानले जानकारी दिए ।

त्यस्तै ९ पुसमा चन्द्रकोट गाउँपालिका-३ धामीगारेकी ५३ वर्षीया सुन्तली थापाकोे दुई थान मोबाईल चोरी गर्ने चन्द्रकोट गाउँपालि- २ का २८ वर्षीय रोम बहादुर सार्कीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रमुख प्रधानले १२ जनालाई पछिल्ला विभिन्न मितिमा प्रक्राउ गरेर हिरासतमा राखिएको बताए । प्रधानका अनुसार गत वर्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा दर्ता भएका दुई सय ६० मुद्दामा २५ वटा चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दा थिए । यो आर्थिक वर्षको ११ पुससम्म एक सय दश मुद्दा  मध्ये १४ वटा चोरी तथा डाँका सम्बन्धी कसुरका रहेका छन् । टोपलाल अर्याल, नयाँ पत्रिका 

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया