गुल्मीका रजाली परिवारद्वारा विद्यालय र धार्मिक स्थलमा अक्षयकोष स्थापना



Live Gulmi


नविन कार्की, गुल्मी । गुल्मीका एक रजाली परिवारले बिद्यालय र धार्मिक स्थलमा अक्षय कोष स्थापना गरेका छन । जिल्लाको गुल्मी दरबार गाउँपालिका २ का रजाली परिवारले अक्षय कोष स्थापना गरेका हुन ।

वडा नं २ जुभुङ्ग उर्लाकाेटमा जन्म भइ हाल बेलायतमा बस्दै आएका समाजसेवी लोकबहादुर रजाली र भिमा रजालीले
स्व. तीलबिर रजाली, स्व. राधिकला रजाली, पूर्व शिक्षक स्व. गणेश बहादुर थापा र स्व. रुपा घर्तीको सम्झनामा सँयुक्त रुपमा श्री सुर्योदय माध्यमिक बिद्यालयकाे शैक्षिक उन्नयनका लागी नगद १ लाख ५ सय त्यसै श्री महाकाली निम्नमाध्यमिक बिधालय,जुभुङ्ग,ठुलाचौरमा नगद ५० हजार ५० बराबरको अक्षय कोष स्थापना गरेका छन ।
यस्तै जुभुङ्गका दुई प्रमुख धार्मिक स्थल श्री खडकदेवी मन्दिर का लागि नगद २५ हजार २५ र देवि मन्दिर ठुलाचौरको लागि २५ हजार २५ रुपियाँको राशीकाे तीलबिर-राधिकला तथा गणेश -रुपा स्मृति अक्षयकाेष स्थापना गरेका हुन ।

Jeewan and Rajan Tailors

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया