फोर्टिन स्टार कप : दुई दिनमा ७ खेल सम्पन्न



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । फोर्टिन स्टार युवा क्लवले १३ औँ बार्षिकोत्सवको अवसरमा संचालन गरेको जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटवल प्रतियोगितामा तम्घास बाहिरका बिद्यालयहरुको उत्कृष्ट प्रर्दशन देखिएको छ ।

अहिलेसम्मका ७ खेलमा गाउँबाट प्रतिनिधित्व गरेका चार बिद्यालय बिजयी बनेर अघिल्लो चरणमा प्रवेश गरेका छन् । भाडगाउँ माविले ब्रिलेण्ट युनाइटेड एकेडेमीलाई, जनसहयोग माविले रेसुगा माविलाई, पालुखा माविले पृथ्वी माविलाई र मालिका माविले रिडी माविलाई पराजित गरेका छन् । घमिरको देविस्थान मावि र तम्घासको सिद्धबाबा माविबिचको प्रतिस्प्रर्धा निकै चाख लाग्दो बन्यो ।

Jeewan and Rajan Tailors

बराबर गोल गरेपछि पेनाल्टिमा सिद्धबाबाले देविस्थान माविलाई पराजित गरेको थियो । खेल मैदान र प्रशिक्षणको अभाव हुने गाउँका बिद्यालयबाट गरिएको उत्कृष्ट प्रर्दशनको दर्शक दिर्घबाट समेत निकै प्रसंसा र समर्थन रहेको थियो । त्यस्तै गण्डकी इंग्लिस बोर्डिङ्ग स्कुलले लिटिलस्टार्स पब्लिक स्कुल उर्लेनीलाई र अर्जुन बोर्डिङ्गले उपल्लो तम्घास माविलाई पराजित गरेको छ । प्रतियोगीता आगामी १० गतेसम्म संचालन हुनेछ । जिल्लामा लामो समयदेखि फोर्टिन स्टार युवा क्लवले छात्र र पुल्चोक स्र्पोट क्लवले छात्रा फुटवल प्रतियोगीता गर्दै आएका छन् ।

The Star Family Restaurant

शहरका बिद्यालयहरुमा मात्रै केन्द्रित फुटवल खेलको मोह गाउँसम्म बिस्तार गर्न क्लवहरुले लामो समयदेखि फुलबल प्रतियोगीताको आयोजना गरिरहेका छन् । जसका कारण १९ टिम मध्ये १० टिम सदरमुकाम बाहिरबाट प्रतियोगीतामा सहभागी थिए । यो उपस्थितीले गाउँसम्म फुटवल खेलको मोह बढ्दै गएको छ । प्रतियोगीतामा महेन्द्र मावि, रिर्डस पब्लिक हाइस्कुल, आर्दश बिद्या आश्रम, अर्जे मावि अर्जे र भगवति मावि सिमीचौरको प्रचिस्प्रर्धा हुन बाँकी रहेको क्लवका महासचिव नारायण आचार्यले बताए । चौथो फोर्टिन स्टार कप–२०८०’ मा बिजेताले ३५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र तथा उपबिजेताले २५ हजार, ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने क्लवका महासचिव आचार्यले जानकारी दिए । प्रतियोगितामा खेलाडी, प्रशिक्षक र कोचलाई प्राथमिक उपचार र एक लाख बराबरको म्यादी बीमा समेत क्लवले गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया