गुल्मीको धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको १३ औं साधारणसभा सम्पन्न



Live Gulmi


टोपलाल अर्याल, गुल्मी । गुल्मी जिल्लाको पश्चिमी क्षेत्रकै शैक्षिक धरोहर धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पस धुर्कोट गाउँपालिका ५ को १३ औं साधारणसभा सम्पन्न भएको छ । सभाको लुम्बिनी प्रदेश सभा सदस्य डिल्लीराज भुसालले उद्घाटन गरे । सभालाई संबोधन गर्दै भुसालले क्याम्पसको विकासको लागि आफुले सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले गाउँमा परिवार र बिद्यार्थीहरु नहुँदा बिद्यालय तथा क्याम्पसहरु संचालनमा चुनौति परिरहेको सन्दर्भमा बिद्यार्थी टिकाउन क्याम्पसले खेलेको रचनात्मक भूमिकाको प्रसंसा गरे । सभामा क्याम्पस प्रमुख रिसीराम पाण्डेयले क्याम्पसको बार्षिक प्रतिबेदन, कोषाध्यक्षबाट आयब्यय विवरण प्रस्तुत तथा छात्रवृत्ति बितरण, पुर्ब उपप्राध्यापक चुडाममणी भण्डारी र पुर्ब लेखा तथा प्रशासन सहायक नारायण पान्डेलाई सम्मान गरिएको थियो ।

साथै बि ए, बि एड दुबै संकायतर्फबाट प्रथम, दोस्रो, तेस्रो र चौथो बर्षका उत्कृष्ट विद्यार्थी तथा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति बितरण गरिएको क्याम्पस प्रमुख पाण्डेयले जानकारी दिए । क्याम्पसले २५ सयमा चार बर्षे स्नातक अध्ययनको आवासिय सुविधा प्रदान गर्दै आएको छ ।

bird conversation Add

कार्यक्रम धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता, प्रदेश सभा सदस्य भुसालको प्रमुख आतिथ्यता, संचालक समिति उपाध्यक्ष युवराज भण्डारीको स्वागत तथा उपप्रध्यापक धर्मराज रिजालको संचालनमा सम्पन्न भएको थियो ।

( Jeevan rajan

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया