रुपन्देहीमा इस्मा तेक्वान्दो डोजाङ्गको उत्कृष्ट प्रदर्शन



Live Gulmi


टोपलाल अर्याल,गुल्मी  । प्रथम लुम्बिनी प्रदेश स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा इस्मा तेक्वान्दो डोजाङ्गका खेलाडीले उत्कृष्ट खेल प्रर्दशन गरेका छन । खेलमा सहभागी शिव घर्तिले ५८ केजी, सुरज सुनारले ५४ केजी, धन बहादुर घिमिरेले ५३ केजी र मनिषा बिकले ४९ केजी तौल तर्फ प्रथम हुदै स्वर्णपदक जितेका छन । त्यस्तै अर्जुन सुनार ४८ केजी तर्फ द्वतिय हुदै रजत र रामु मुखिया ५४ केजी तर्फ तृतीय हुँदै कास्य पदक जितेको इस्मा तेक्वान्दो डोजाङ्गका अध्यक्ष तथा रेफ्री दिपक जिसिले जानकारी दिए । पुस ६ र ७ गते रामापुर तेक्वान्दो डोजाङ्गले सतचिन्तन सामुदायिक प्रतिष्ठा भवन
सैनामैना -८,रामापुर, रुपदेहीमा आयोजना गरेको प्रतियोगितामा सहभागी हुन तेक्वान्दो डोजाङ्गबाट ६ जना खेलाडी गएका थिए ।
इस्मा डोजाङ्ग अन्तरगत १ सय जना खेलाडी आवद्ध छन । डोजाङ्गले इस्मा २ को पालुखा माबी, ३ को ठाढुङा माबि र नयाँपोखरा, ४ को रामराज्य माबी तथा ६ को अमरपुर ओमप्रसाद गौतम माबीमा तेक्वान्दो प्रशिक्षण भइरहेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया