गुरुङ्ग दम्पती बिबाह बर्षगाँठको खुसी बिपन्न बिद्यार्थीसंग बाँड्दै



Live Gulmi


टोपलाल अर्याल,गुल्मी। पछिल्लो समय बिबाह, जन्मोसव र विबाहउत्सव लगायतको बाहानामा होटलहरुमा लाखौ खर्च गर्ने प्रवृति बढिरहेको छ । तर, एक दम्पतीले ८० जना बिपन्न बिद्यार्थीको जाडो छेकेर ४० औ बिबाह बर्षगाँठ मनाएका छन् । रुपन्देहीको सिद्धार्थ नगरपालिका १२ का अमृतमान गुरुङ्ग र श्रीमती शारदा गुरुङ्गले गुल्मीको छत्रकोट गाउपालिका १ हुँगा स्थित देबिस्थान आधारभुत बिद्यालयका बिपन्न बर्गका साना बालबालिकालाई ८० थान ट्र्याक्सुट प्रदान गरेका हुन । ब्रिटिस वेलफेयर गुल्मीका प्रमुख गम बहादुर थापाको समन्वयमा गुरुङ्ग दम्पतीले सहयोग गर्दै आएका छन्् । गुरुङ्ग परिवार लामो समयदेखि बेलायतमा बस्दै आएको छ । गत बर्ष बाग्लुङ्ग जिल्लाको निसिखोला गाउँपलिका ३ को याङ्ग्म्याङ्ग स्कुलका बिद्यार्थीहरुलाई पनि दम्पतीले स्कुल ड्रेस प्रदान गरेका थिए । देबिस्थान आधारभुत बिद्यालय छत्रकोट गाउपालिका १ हुँगाका बिद्यालय व्यावस्थापन समिति अध्यक्ष बिष्णु बहादुर गाहाले जिल्ला बाहिरको नागरिकले देश बाहिरबाट गरेको सहयोगले निकै उत्साहित भएको बताए । उनले अधिकांश दलित र गरिव परिवारका छोराछोरीले जाडोमा कष्ट खेपिरहेको अवस्थामा गुरुङ्ग दम्पतीले बिबाहउत्सवको खुुसी ती बालबालिकासम्म पुराएर पुण्य प्राप्त गरेको गाहाले प्रतिक्रिया दिए ।

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया