गुल्मीमा बोका चोरेर मासु खाने दुई जना पक्राउ



Live Gulmi


गुल्मी । गुल्मीमा बोका चोरेर मासु खाने दुई जना पक्राउ परेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ७ बस्ने २३ वर्षीय एक र अर्को एक जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

उनीहरुले मङ्सिर १५ गते राति गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ बर्दबास बस्ने बिष्णु कुमारी जोगी कुँवरको अन्दाजी २२ किलोको बोका चोरेका थिए । कुँवरको उजुरीपछि अनुसन्धान गर्दै जाँदा गुल्मीको गुल्मीदरवार गाउँपालिका वडा नम्बर १ मा फेला पारी पक्राउ गरि सोधपुछ गर्ने क्रममा उक्त चोरी गरेको बोका काटि केहि मासु खाएको र केही मासु बिक्री गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थियो ।

Jeewan and Rajan Tailors

निजहरुलाई गुल्मी जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

The Star Family Restaurant

तपाईलाई यो खबर कस्तो लाग्यो ?

तपाईंको प्रतिक्रिया